HamroNepalDainik.com
प्रदेशसमाचार

पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस

काठमाडौँ, २३ चैत (रासस) ः नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् ।

किराँती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले सो ज्ञापनपत्र बुझाएको हो । प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा पहिचानका पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको छ ।

Related posts

क्रसर खोल्न दिने सरकारको निर्णय

hamronepaldainik

भोलि अत्यावश्यक काम भए मात्र घरबाट निस्कनू: ट्राफिक प्रहरी

hamronepaldainik

मध्यतराईको पहिलो रेडियो, रेडियो वीरगन्जले १९ औँ वार्षिकोत्सव मंसिर १८ रक्तदान र २५ गते सांस्कृतिक कार्यक्रम गरी मनाउँने

hamronepaldainik
HamroNepalDainik