HamroNepalDainik.com
राजनीतिसमाचार

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

१३ चैत, काठमाडौं । सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत १४ गते बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । सरकारमा मन्त्रीको रुपमा सहभागी हुने नेताहरुको नाम कांग्रेसले लगभग टुंगो लगाईसकेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यसलाई औपचारिकता दिने बताइएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ । अनलाईन खबर

Related posts

नारायणी अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

hamronepaldainik

थप ३८५ जनामा कोरोना संक्रमण, २५८ जना निको

hamronepaldainik

चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik