HamroNepalDainik.com
समाचारसमाजस्थानिय

अश्लिल गीत तथा डिजे बन्दको निर्णय, कार्यान्वयनका लागि संवाद कार्यक्रम

बारा १७ फागुन ।
सामाजिक परिवर्तन केन्द्रको आयोजनामा कलैया उपमहानगरपालिका वडा नं १३ मा अश्लिल गीत तथा डिजे बन्दको निर्णय कार्यान्वयनका लागि वडा स्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अश्लिल गीत तथा डिजेले हाम्रो मौलिक संस्कृतिलाई ध्वस्त गरी विकृत फैलाई रहेको तथा समाजमा छाडा प्रवृत्तिको विकास हुदै गइरहेकोले सम्बन्धित सरोकारवाला तथा सम्पूर्ण समाजका अगुवाहरु यसमा गम्भीर हुन जरुरी रहेको कुरा वडा सदस्य चन्द्रिका मण्डलले बताए ।
अब वडाले आधिकारिक रूपमा निर्णय गरी गाँउ भेला गर्ने तथा चकुदार मार्फत पुकारी सबैलाई जानकारी गराई अब उप्रान्त त्यसो गरेको पाइएमा दण्ड जरिवाना समेत गर्नु पर्ने कुरा एक शिक्षक ले बताए ।
संवाद कार्यक्रममा वडाका निर्वाचित प्रतिनिधि, शिक्षक, पार्टीका नेता तथा महिलाहरुको गरी जम्मा ३७ जनाको उपस्थित रहेको थियो ।
सो कार्यक्रमको सहजीकरण संवाद सहजकर्ता जुही मेहता, अनिल कुमार कुशवाहा, राजेश कुशवाहा तथा विक्की महतोले गरेका थिए।

Related posts

‘सीमाबासीसँग सशस्त्र प्रहरी बल’ कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर

hamronepaldainik

कालिकामाईकाे गदियानीमा नेपाली कांग्रेसकाे टाेल समिति गठन

hamronepaldainik

बहुदरमाई–६ मा रास्वपाको वडा भेला सम्पन्न, युवाहरूमा ‘परिवर्तनको आशा’

hamronepaldainik
HamroNepalDainik