HamroNepalDainik.com
समाचारस्थानिय

बहुदरमाई नगरपालिकाले शिक्षा , स्वास्थ,कृषिमा विशेष ध्यान दिदै

१६ माघ पर्सा  ,

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका विकास तर्फ उन्मुख भईरहेको देखेर पालिकावासीहरुमा आसा जागेको छ । पालिकाले भौतिक पूर्वाधार मात्र नभई शिक्षा, स्वास्थ्य, कृषि, लक्षित वर्गहरुलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको देखेर नै खुसी भएको स्थानियहरुले बताएका छन् ।

पालिकाको वडा नं. ४ मा लामो समय देखि बर्थिङ्ग सेन्टरको अभाव झेलि रहेको अवस्थामा गत हप्ता नै बहुवरी पिडारी स्थित बर्थिंग सेन्टर सञ्चालनमा ल्याएकोमा स्थानिय रामदेव साहले खुसी व्यक्त गरेका थिए। त्यसैगरी पालिकाले सम्पूर्ण वडाहरुको स्वास्थ्य केन्द्रहरुमा सेवा प्रवाहमा सहज होस भन्ने उदेश्यले कम्प्यूटर, प्रिन्टर, औषधी लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको जनाईएको छ । वडा नं. ८ को रामनगरीमा करिब सय मिटर दुबै तर्फ नाला सहितको सडक ढलान सम्पन्न गरी अन्य स्थानहरुमा पनि काम अगाडि बढाएको, वडा नं. ४ को बहुअरी स्थित विद्यालयको दुई तले ८ कोठे भवनको पनि शिलान्यास गरी काम गराईरहेको, वडा नं. ५ को विभिन्न स्कूलहरुमा शैक्षिक सामग्री वितरण गरेको, किसानहरुको लागि उन्नत जातको गहुँका विउ वितरण, समयमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको, खेलकुद तर्फ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीको लागि खेलाडिहरुलाई विभिन्न सामग्रीहरु प्रदान गरी खेल तर्फ आकर्षित गर्ने लगायतका कार्यहरु अगाडि बढाईएको पालिकाका अध्यक्ष सिंगासन साह तेलीले बताएका थिए ।

त्यसैगरी पालिकाको विभिन्न वडाहरुमा लक्षित वर्गहरुको लागि सयौं महिलाहरुको लागि सिकाईकटाई, व्यूटी पार्लर लगायतका शिपमुलक कार्यक्रमहरु पनि गरिरहेको जानकारी दिएको थिए । बिगतका मेयर ज्यूले पनि काम नगरेका होईनन्, तर उनले बाकी राखेका, गर्न छुटेका र पालिकाका जनताहरुको लागि आवश्यक पर्ने कुनै पनि कामहरु गर्न आफु पछि नहटने अध्यक्ष तेलीले बताएका छन् । आफ्नो कार्यकालमा पालिकाको चौतर्फी विकासको लागि कार्ययोजना नै बनाएर लागेको र पालिकाका सम्पूर्ण वडाध्यक्ष, सदस्य, कार्यपालिका सदस्य लगायत कर्मचारीहरुले सहयोग गरिरहेकोमा आफनो पालिका जिल्लामै नमुना पालिका बनाउन सफल हुने मेयर तेलीले विश्वास व्यक्त गरे।

Related posts

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेता रिजाल र चौरसियाको अपील

hamronepaldainik

सुशासन समितिको अनुगमन , ग्रामिण क्षेत्र को वडा कार्य अझ प्रभावकारी हुने

hamronepaldainik

कानु समाज नेपाल पर्साको बैठक समापन

hamronepaldainik
HamroNepalDainik