HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा पुन : ‘हेल्थ डेस्क’ सञ्चालन

पर्सा, २१ पुस (रासस) ः भारतमा कोरोनाको सङ्क्रमित बिरामीको सङ्ख्या बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सजगता बढाइएको छ ।

ओमिक्रोन बी एफ ७ भेरियन्टबाट सङ्क्रमित बिरामीलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो । वीरगन्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मलुकबाट आएकालाई वीरगञ्जको शङ्कराचार्यद्वारस्थित ‘हेल्थ डेस्क’मा स्वास्थ्यपरीक्षणसँगै एन्टिजेन किटबाट सङ्क्रमित भए नभएको परीक्षण गरिएको हेल्थ डेस्क प्रमुख डा अनिसा महतोले जानकारी दिनुभयो । उहाँले यही पुस महिनाको १ गते देखि १९ गते सम्मा सात हजार पाँच सय जनाको स्वास्थ्यपरीक्षण र एक हजार दुई सय ७२ जनाको एन्टिजेन टेष्ट गर्दा हालसम्म कोही सङ्क्रमित नभेटिएको बताउनुभयो ।

पहिले बिहान र बेलुका मात्र एन्टिजेन टेष्ट हुँदै आएकोमा पछिला समय भारतमा सङ्क्रमितको सङ्ख्या बढेपछि आवश्यताका आधारमा टेष्टलाई बढाएको उहाँको भनाइ छ । नारायणी अस्पतालले केही पूर्व तयारी गरेको अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो ।

उहाँले सङ्क्रमतिलाई राख्न अस्पतालमा रहेको १८ शय्याको एचडियु, ८ शय्याको सघन उपचार केन्द्र, उपचारका लागि आवश्यक जनाशिक्त र अक्सिजनको प्रबन्ध मिलाइएको बताउनुभयो । ओमिक्रोन बी एफ ७ हालसम्मकै सबै भन्दा बढी सङ्क्रमक रहेकाले यसबाट जोगिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालाना गर्न सर्वधारणलाई चिकित्सकहरुले सुझाव दिएका छन् ।

Related posts

नेपाल भोजपुरी प्रतिष्ठान वीरगञ्जद्वारा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

hamronepaldainik

गूरु पुर्णिमाको उपलक्ष्यमा क्रिएटिभ विद्यालय समूहद्वारा विभिन्न प्रतियोगीता सम्पन्न

hamronepaldainik

कृषिमन्त्री भुसाल भन्छन्ः पूर्व पश्चिम नहर बनाऔँ

hamronepaldainik
HamroNepalDainik