HamroNepalDainik.com
समाचारस्थानिय

लेखा अधिकृत यादवले यातायात व्यवस्था कार्यालय सवारी वीरगंजलाई भ्रष्टाचारको अखडा बनाए

वीरगंज १३ पुस । यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले भ्रष्टाचारको कमाईले अकुत सम्पति कमाए पनि उनी सन्तुष्ट नभई सो धन्दालाई तिब्र बनाई कार्यालयलाई नै भ्रष्टाचारको अखडा बनाउदै गएका छन् ।
सो कार्यालयमा जाने सेवाग्रहीहरुले आफ्नो सवारीको लाग्ने कर बैंकमा बुझाई लेखा शाखामा नगदी रसिद लिन जांदा सो फांटका कर्मचारीहरुले अनावश्यक झमेला झिक्दै घुसको रकम नलिई रसिद नकाटने गरेको भुक्तभोगीहरुले यस अनलाईनलाई बताएका छन् । दिनहुं करिब एक हजार रसिद कटने सो लेखा शाखामा सेवाग्रहीहरुले बाध्यतावश बैंकको भौचरमा ५० वा १०० को नोट बेरेर दिएपछि मात्र नगदी रसिद पाउने गरेको दुःखेसो पोखेका छन् । सो फांटमा करिब आधा दर्जन बेतल्बी कर्मचारीहरु घुसको रकम लिनैको लागि राखिएको बताईन्छ ।
कैयौं कर्मचारीलाई देखावटी रुपमा करारको कर्मचारी अधिकृत यादवले नियुक्त गराई राखेको बताईन्छ । यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि चरम भ्रष्टाचार गर्दै आएका अधिकृत यादव करिब तीन वर्ष देखि सो कार्यालयमा अडा जमाई बसेका छन् । उनको सरुवा पटक–पटक भए तापनि शक्ति केन्द्रको आडमा मोटो रकम खर्च गरी रवाना नबुझी कार्यालय प्रमुख उमेश कुमार रेगमीलाई रिझाई बस्दै आएको बताईन्छ । उनको भ्रष्टाचार कार्य धन्दामा कार्यालय प्रमुख रेगमीको आर्शिवाद रहेकोले उनी आफुलाई “दादा” ठान्दै भ्रष्टाचारको गतिलाई तिब्रता दिएको बताईन्छ ।
अधिकृत यादवले पर्सागढी नगरपालिकामा कार्यरत्त रहदां त्यहांबाट पनि मोटै रकम भ्रष्टाचार गर्दा कार्यालय भित्र झगडा पनि परेको बताईन्छ । भ्रष्टाचार गर्नमा सिपालु मानिएका अधिकृत यादव वीरगंजको भिस्वामा आलिशान महल ठडयाउनुको साथै कैयौं ठाउंमा करोडौंको घरेडीहरु किन्न सफल भएको बताईन्छ । अधिकृत यादव माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धीकरण अनुसन्धान विभाग जस्ता नियमनकारी निकायले छानबिन गरी कारवाही अगाडि नबढाउदां उनी अझ फराकिलो मुटुका साथ “दिन दुगुना रात चौगुुना” भ्रष्टाचार कार्यमा व्यस्त रहेको जानकार हरु बताउन थालेका छन् ।

Related posts

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मुखियाका कारण सेवाग्रहीहरु पिडित

hamronepaldainik

दशैँ नबित्दै गृह मन्त्रालयले गर्‍यो सीडीओहरुको सरुवा

hamronepaldainik

सरकारले स्थानीय तहसँग माग्यो मनसुनजन्य घटनाबाट भएको क्षतिको विवरण

hamronepaldainik
HamroNepalDainik