HamroNepalDainik.com
समाचार

एल.एस. न्यूरो हस्पिटलमा ‘आमा सुरक्षा’ कार्यक्रम संचालन

वीरगंज पर्सा, ११ मंसिर / एल.एस. न्यूरो एण्ड जनरल हस्पिटल प्रा.लि. ले ‘आमा सुरक्षा’ कार्यक्रम संचालनमा ल्याएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतन स्थित वीरगंज कलैया जाने बाटोमा रहेको यस अस्पालले स्वास्थ्य सेवा विभागको निर्देशानुसार यस आमा सुरक्षा कार्यक्रम संचालनमा ल्याएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा संचालनमा रहेको ‘आमा सुरक्षा’ कार्यक्रम पनि अस्पतालमा लागु गरिएको अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सेवा विभागको मिति २०७१।०७।२५ को निर्णयानुसार यस अस्पतालले आमा सुरक्षा कार्यक्रम संचालनको स्वीकृती पाएको बताए । आमा सुरक्षा कार्यक्रम मार्फत निःशुल्क प्रसूति सेवा संचालन गरिनेछ, जस अन्तर्गत निःशुल्क रुपमा प्रसुति सेवा प्रदान गनुको साथै शल्यक्रियाको माध्यमले जन्मिने बच्चाको पनि शुल्क नलाग्ने कुर्मीको भनाई छ । यसका साथै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका २०७८ मा भएको व्यवस्था अनुसार अन्य सेवा पनि प्रदान गरिने उनको भनाई छ ।
उक्त अस्पतालमा २४ औं घण्टा इमर्जेन्सी सेवा, न्यूरो सर्जरी र यूरोलोजी, स्त्री रोग तथा प्रसुति सेवा, ल्याप्रोस्कोपी सर्जरी, इन्डो यूरोलोजी, जेनरल सर्जरी, मुटु रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग, हाडजोर्नी तथा नशा रोग, दांत तथा गिजा सम्बन्धि रोग, दुखाई व्यवस्थापन, जेनरल फिजिसियन एण्ड एण्डोक्रीनोलोजिस्ट, नाक, कान र घाटी सम्बन्धित रोग, इन्डोस्कोपी, फिजियोथेरेपी, डिजिटल एक्सरे नाक, कान र घाटी सम्बन्धि रोग, आई.सि.यू. तथा भेनटिलेटर, नवजात एन. आई.सि.यू. तथा भेन्टिलेटर सेवा, अल्ट्रासाउन्ड भिडियो एक्सरे, इकोकार्डियोग्राफी प्रयोगशाला तथा पैथोलोजी टि.एम.टि. हल्टर ए.बि.पी.एम डायलसिस सहितको विभिन्न किसिमको स्वास्थ्य सेवा तथा उपाचारहरु हुँदै आएको छ ।

Related posts

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ

hamronepaldainik

कर सम्बन्धि एक दिने तालिम सम्पन्न

hamronepaldainik

गैंडाकोटमा बस र ट्रक ठोक्किंदा ३ जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik