HamroNepalDainik.com
राजनीतिस्थानिय

स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालको घरदैलोमा दिन प्रतिदिन जनलहर बढ्दै

कार्तिक १८ पर्सा
पर्सा क्षेत्र नं.३ (क) मा प्रदेश सभा सदस्य पदको स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालले घरदैलो कार्यक्रममा तिब्रता  दिएका छन्। सखुवा प्रसौनी गाउँपालिका वडा न. २ को प्रसौनी, जमुनिया, सखुइ, औराहा पन्चगावा, श्रीपुर, रामपुर, घुसुकपुर लगायतका गाउँहरुमा घरदैलो कार्यक्रम गरेका छन्। त्याहाका जनता र युवा हरु उनको उम्मेदवारी ले उत्साहित भएका थिए।
सखुवा प्रसौनी वडा नं. २ का आम जनता र युवा हरु ले भने , प्रदेश सभा सदस्य पदमा क्षेत्र नं ३ को (क) मा परिवर्तनको लागि स्वतन्त्र उमेदवार प्रमोद जयसवाल लाई नै रोजछौ । त्यसैले यसपालि पाटिगत ब्यक्ति लाई त्याग गरी स्वतन्त्र लाई जिताउन आवश्यक भएको कुरा भने ।
स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालले आफ्नो चुनाव चिन्ह कोभी छाप मा मतदान गरी स्वतन्त्र उम्मेदवार लाई भारी मतले बिजयी बनाऔ र स्वतन्त्र उम्मेदवारले गर्ने बिकास हेर्न समेत आग्रह गरेका छन।

घरदैलो कार्यक्रममा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लगायत सलिम अन्सारी, जुमादिन मिया, रुपलाल यादव, रामबालक राम, क्षेत्र भित्रका बिभिन्न गाउँका स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो।

Related posts

देउवाको कारबाहीपछि गगन थापा- ‘हामी नै आधिकारिक कांग्रेस हो, रूख र चारतारे झन्डा हामीसँग छ’

hamronepaldainik

महानगरको सबै वडाका नागरिकमा सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गरिने

hamronepaldainik

पूर्वराष्ट्रपति भण्डारीद्वारा महिलालाई आत्मविश्वासी बनि नेतृत्व लिन आह्वान

hamronepaldainik
HamroNepalDainik