HamroNepalDainik.com
समाचारस्थानिय

लोकप्रिय बन्दै बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजय कुमार चौरसिया र श्याम पटेल

११ कात्तिक, काठमाडौं । पर्साको निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसिया र प्रदेश सभा सदस्य (क) पदका उम्मेदवार श्याम पटेल चाडपर्वमा पनि चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

असोज २३ गते मनोनयन दर्ता गरेको दिन देखि नै चुनावी प्रचार प्रसारमा लागे सत्ता गठबन्धनका पनि उम्मेदवार रहेका प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य पदका (क) उम्मेदवार श्याम पटेल चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गर्दै मतदातासंगको भेटघाटलाई तिब्रता दिएका हुन् ।
पर्सागढी नगरपालिकामा वडा नं ६ चैनपुरमा चुनावी घरदैलो गरेका प्रतिनिधि सभा सदस्य चौरसिया र प्रदेश प्रदेश सभा सदस्य पटेल चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम गरेका छन् ।

त्यसक्रममा मतदाताहरुले पनि यसपालि आफुहरुले दल र उम्मेदवारको अनुहार नहरेी काम गर्ने र जनताको दुखसुखमा साथ दिने उम्मेदवारलाई मत हाल्ने बताए । अहिले पर्सा २ मा चुनाव लडेका सबै उम्मेदवार मध्ये चौरसिया र पटेल नै सबै भन्दा योग्य र सक्षमका साथै विगतका काम हेर्दा विकास प्रेमी नेता भएकाले यसपालि चौरसिया र पटेललाई नै मतदान गर्ने मतदाताहरुको भनाइ रहेको छ।

घरदैलो कार्यक्रममा पर्सागढी नगरपालिकाका पुर्व मेयर लोकनारायण यादव, वडा नं ६ का पुर्व वडा अध्यक्ष एवं पार्टी का सभापति किशोरी यादव, वडा नं ७ का वडा सभापति शम्भु पटेल, अर्जुन गिरी, अर्जुन साह, काशी यादव,घन्नजय साह तेली, नगिना पटेल, महन्थ यादव, बिनोद यादव लगायत बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता हरुको उलेख्निय सहभागिता रहेको आकाश कुमार साह तेलीले जनकारी दिए।

Related posts

सहमुहीक बलात्कारको प्रयासमा दुई जनालाई पक्राउ

hamronepaldainik

वीरगंज नापी कार्यालयका बिचाैलिया एक लाख पचिस हजार घुस सहित रंगे हात पक्राउ

hamronepaldainik

त्रिभुवन विमानस्थलमा अनलाइन भुक्तानीको ‘भर छैन’, नगद बोकेर आउन पर्यटकलाई आग्रह

hamronepaldainik
HamroNepalDainik