HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

केदारनाथमा हेलिकप्टर दुर्घटना बाट ७ जनाको मृत्यु

१ कात्तिक,  भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथ नजिकै हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित सात जनाको मृत्यु भएको छ । प्रसिद्ध धार्मिकस्थल केदारनाथ भन्दा झण्डै दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा आज दिउँसो खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रविशंकरले हेलिकप्टर दुर्घटनामा पाइलट अनिल सिंहसहित सात जनाको मृत्यु भएको जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Related posts

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik

वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

hamronepaldainik

नेपाली कांग्रेस बिरगंज महानगरपालिका वडा न. ८ को बुथ सभापतिमा रितेश कुमार गुप्ता सर्वसम्मत

hamronepaldainik
HamroNepalDainik