HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

केदारनाथमा हेलिकप्टर दुर्घटना बाट ७ जनाको मृत्यु

१ कात्तिक,  भारतको उत्तराखण्ड राज्यमा पर्ने केदारनाथ नजिकै हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित सात जनाको मृत्यु भएको छ । प्रसिद्ध धार्मिकस्थल केदारनाथ भन्दा झण्डै दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा आज दिउँसो खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रविशंकरले हेलिकप्टर दुर्घटनामा पाइलट अनिल सिंहसहित सात जनाको मृत्यु भएको जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

Related posts

वीरगञ्ज महानगरले गर्यो श्वेत पत्र जारी : श्वेत पत्रले देखाएको बेथितीलाई अन्तय गर्ने मेयर सिंहको प्रतिब्धता

hamronepaldainik

पाेखरिया अस्पताललाई व्यवस्थित गर्न माग गर्दै प्रदर्शन

hamronepaldainik

पुराना गाडीलाई नयाँ बनाएर बिक्री, भन्सार कार्यालयकै सहयोग

hamronepaldainik
HamroNepalDainik