वीरगंज पर्सा, २४ साउन / टाटा कम्पनीको अधिकृत बिक्रेता कम्पनी सिप्रदीले पुराना गाडीलाइ नयाँ बनाएर बिक्री गरिरेहेको गोरख धन्दाको खुलासा भएको छ ।दुइ बर्ष पुरानो मोडेलको गाडिलाई नया भनेर बिक्रि गर्ने प्रक्रियामा वीरगन्ज स्थित आइसिपी भन्सार कार्यालयको समेत सहयोग रहेको छ ।
यो हो वीरगन्जको अर्लौ स्थित आइसिपि परिसर । जुन अहिले गाडि नै गाडिले भरिएको छ । हाल आई.सि.पि. यार्डभित्र ठुलठुला गाडीहरुको चेसिस भरिभराउ छ । टाटा कम्पनिको बस, ट्रक, टिपरलगायत विभिन्न ठूलादेखि साना गाडीहरु अहिले थन्किएका छन् । गाडीहरु जाँच पास हुन नसकेपछि आईसिपी यार्डमा १४ सयको हाराहारीमा नयाँ गाडीहरु थन्केका छन् । आयातकर्ताले गाडी समयमै भन्सार नगराएको कारण आइसिपिमा गाडीहरू थन्किएको भनाइ प्रमुख भन्सार अधिकृत दिलिप केसीको छ ।
सरकारले गाडि लगायत केहि बस्तुमा लगाएको रोकको कारण केहि गाडि थन्किए पनि अधिकांस टाटा कम्पनीको आयात कर्ताले टोडेको कारण अहिले पनि २०२०/२१ गाडिहरु ठुला गाडिहरु वीरगन्ज भन्सार कार्यालयमा थन्किएका छन् । सिप्रदीको गोरख धन्दाको कारण दुइ वर्ष देखि थन्किएका हुन । आईसिपिमा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को मात्रै ९ सय भन्दा बढिको हाराहारीमा गाडीहरु थन्केको छ ।
दुइ बर्ष पहिला कम्पनीबाट आएको गाडि वीरगन्ज भन्सार कार्यालयबाट अहिले छुटे पनि नयामै बेच्ने भएकोले लगानी कम र आम्दानी बढी बनाउने सिप्रदीको रणनीति अनुसार गाडि थन्किएका हुन् । गाडी मगाएको दुइ महिनामा भन्सार गराइ गाडी छुटाउने पर्ने भन्सार कार्यालयकाे नियमालीमा छ । बढि समय भएपछि आफुहरुले पत्र काट्ने गरको प्रमख भन्सार अधिकृत केसीको भनाइ छ ।
ठूला गाडीको चेसिसको मुख्य आयातकर्ता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख पार्थ राणाका अनुसार बैंकले गाडी कर्जामा रोक लगाएपछि आयातीत गाडीहरु जाँचपास हुन नसकेको बताए । उनले भने, ‘सबैले बैंकबाट कर्जा लिएर नै गाडी किन्ने हो, बैंकले कर्जा दिइरहेको बखत अर्डर गरिसकेका गाडीहरु आइसकेका छन् । तर बैंकले कर्जा लगानीमा रोक लगाएपछि आयातित गाडीहरु पनि जाँच पास हुन नसकेर आई.सि.पि.मै थन्केका छन् ।’ तर भन्सार कार्यालयबाट कुनै गाडि आयात कर्तालाई कुनै कारबाही गरिएको छैन । नेपाली बजारमा टाटा कम्पनीको एकाधिकारको कारणले पनि सिप्रदीले यस्ताे गरिरहेको हुनसक्ने केसी बताउनुहुन्छ ।
मुलुककै सर्वाधिक सवारीसाधन भित्रिने नाका वीरगन्जस्थित आईसिपि नै हो । यो नाका भएर भित्रिने ३ सयदेखि ४ सय नयाँ सवारी साधनहरु आईसिपिमा हुन्थे, तर अहिले यो सँख्या तेब्बर भन्दा बढिमा पुगेको छ । नुन देखि सुनसम्मको कारोवार हुने वीरगन्ज भन्सार नाकाको महिमा अपार छ । रक्षक नै भकक्ष भएजस्तै भन्सारका अधिकारीहरुकै मिल भगतमा चलिरहेको सिप्रदिको गोरख धन्दालाई कार्यवाही कसले गर्ने ?