HamroNepalDainik.com
समाचार

ओलीलाई जनकपुर विमानस्थलमा कालोझण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता पक्राउ

असोज ८ जनकपुर । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुर विमानस्थलमा कालो झण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको छ ।

आज जनकपुर विमास्थलमा ओर्लिएर बाहिर निस्कनासाथ ओली बिरुद्ध कालो झण्डा देखाएका थिए ।

जनकपुर विमानस्थलबाट ओली गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर प्रहरीले उनीहरुलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

ओली सवार गाडी अगाडि बढेपछि कालो झण्डा देखाउने प्रयास गर्नेहरुलाई साइड लगाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

Related posts

नगर प्रमुख सिंहको पहलमा अबदेखि वीरगञ्जमै मृगौला प्रत्यारोपण सुरु हुँदै

hamronepaldainik

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

hamronepaldainik

माधव नेपालको प्रस्ताव : नेकपा ब्यूताऔं

hamronepaldainik
HamroNepalDainik