HamroNepalDainik.com
समाचार

करोडौंको समान सहित तीनवटा ट्रक प्रहरीको नियन्त्रणमा

वीरगंज पर्सा, ६ असोज

पर्सा प्रहरीले वरिगंजको विभिन्न स्थानबाट बिल विजक भन्दा बढी बिभिन्न किसिमका हार्डवेयर, औषाधी तथा खुद्रा सामानहरू बोकेको ३ वटा ट्रक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१० आर्दशनगर चोकस्थित सडकखण्डमा ना ५ ख ४८३१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।

विषेश सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा श्री भैरहवा ट्रासपोर्टबाट पठाईएको ट्रकमा विल बिजक संकास्पद देखिएको तथा विल बिजक बिनाका विभिन्न किसिमका हार्डवेयर तथा खुद्रा सामानहरूसमेत फेला परेको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । समानसहित नियन्त्रणमा लिएको ट्रकको १ करोड १८ लाख ७६ हजार ६ सय रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्ष बस्नेतले बताउनुभयो ।
यसैगरी प्रहरीले बिल बिजक भन्दा बढी लत्ताकपडा, औषधी तथा खुद्रा सामाग्रीहरू लोड गरेका २ ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरचोकस्थित सडकखण्डमा ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रक तथा माईस्थानचोक स्थित सडकखण्डमा ना.७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रकलाई नियन्त्रणमा लिएको हो । श्री नेपाल ट्रासपोर्टबाट पठाईएको ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रक विल बिजक संकास्पद देखिएको अन्लाइन भिसिटिएस साथमा नरहेको हुँदा उक्त ट्रक नियन्त्रणलाई लिई रू.९१ लाख ५१ हजार ८ सय २२ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्साका प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
साथै श्री पशुपति ट्रासपोर्टबाट पठाईएको ना.७ ख ६८७५ मिनी ट्रकमा विल बिजक संकास्पद देखिएको तथा अन्लाइन भिसिटिएस विल साथमा नरहेको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिई रू. ५० लाख ३९ हजार १ सय २४ रुपैया गरी मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको बस्नेतले बताउनुभयो ।

Related posts

अनेरास्ववियु पर्साको जिल्ला सचिवमा पवन यादव चयन

hamronepaldainik

श्रीलंकासहित ३२ मुलुकमा भेटियो ओमिक्रोन भेरियन्ट

hamronepaldainik

प्याब्सन पर्सा र वीरगंजद्धारा सामाजिक अध्ययन शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik