HamroNepalDainik.com
समाचार

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक बुधवार सम्पन्न भएको छ । नेपाल पाेष्ट डेलीकाे कार्यालयमा सम्पन्न बैठकले मधेश प्रदेशको असार १७ गते वीरगंजमा सम्पन्न भएको बिस्तारित बैठकले गरेको निर्णय अनुरुप तोकेको मिति भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले जिल्ला अधिबेशन अघि संगठनको सदस्यहरुको सदस्यता अध्यावधिक गर्ने तथा संगठनको बिचार र आस्थासँग जोडन चाहने पत्रकारहरुलाई संगठनमा आबद्ध गराउने निर्णय गरेको छ । बैठकले सो लागि आवेदन दिन ५ दिने सूचना प्रकाशित गर्ने निर्णय समेत गरेको जनाइएकाे छ ।

समाजवादी प्रेस संगठन नेपालमा आबद्ध हुन चाहने पत्रकारहरुले संगठनबाट उपलब्ध गराईने सदस्यता आवेदन फर्म भरी संगठनले तोकेको सदस्यता शुल्य सहित आवेदन दिन सकिने संगठनका सह सचिव विनाेल पटेलले वताए । सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता बितरण कार्यका लागि बैठकले संगठनका अध्यक्ष मनोज पटेल र सचिव अजय चौरसियालाई जिम्मेवारी समेत दिएकाे छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षता एवम् संगठनका मधेश प्रदेश सह–इन्चार्ज राघो साह र मधेश प्रदेशका संयोजक बृजलाल पासवानको बिशेष उपस्थितीमा सम्पन्न भएको बैठकले प्रदेश अबिवेशनमा बिधानले तोके बमोजिमको प्रदेश प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।

Related posts

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

hamronepaldainik

वीरगञ्ज पब्लिक कलेज सिङ्गीङ् आईडल सम्पन्न

hamronepaldainik

पेट्रोल र डिजेलको मूल्य बढ्यो

hamronepaldainik
HamroNepalDainik