HamroNepalDainik.com
समाचार

टिम स्पेशल २६ को सामाजिक योगदान – वार्षिक उत्सवमा ४७ जनाद्धारा रगत दान

वीरगन्ज, १५ जेठ

पर्सामा परोपकारी संस्था टिम स्पेसल २६ ले वीरगन्जमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वीरगन्ज १६ नगवा स्थित बौधीमाइ धर्मशालामा संस्थाको पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ४७ जनाले रगत दान गरेका छन् ।
रगतदान गर्नेहरुमा  श्याम साह , साधना कर्ण , रितिक श्रीवास्तव, सावन कुमार, सुमन कुमार दत्त, प्रजय कुमार अग्रवाल, आयुष सिंह, नवीन कुमार बैठा, विक्की गुप्ता, नेहाल एकबाल, प्रवीण कर्ण, रामबाबु महतो, सुजित गुप्ता, हरेन्द्र बरै, रवी सरार्फ, राजन चौरासीया, अरुण गुप्ता लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

टिम स्पेसल २६ का अध्यक्ष सुमन कुमार दत्तको अध्यक्षतामा आयोेजित रक्तदान कार्यक्रममा वीरगन्ज १६ का वडा अध्यक्ष परशुराम चौरसीया , कार्यक्रम संयोजक श्याम साह , भोलेन्टियर समुह वीरगन्जका संयोजक राजन श्रीवास्तव लगायतको पनि उपस्थिती रहेको थियो ।
काब्या एकेडेमीको सहयोगमा आयोजित रक्तदान कार्यक्रमको मिडिया पार्टनर हाम्रो नेपाल दैनिक , मधेस खबर अनलाइन पत्रिका रहेको थियो ।

Related posts

विभिन्न माग सहित संयुक्त किसान संघर्ष समिति पर्साद्धारा धर्ना

hamronepaldainik

सर्लाहीको मलंगवा–९ मा गोली चल्दा एकको मृत्यु

hamronepaldainik

फिनल्यान्डले नेपाललाइ १ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने

hamronepaldainik
HamroNepalDainik