HamroNepalDainik.com
समाचारस्थानिय

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

नेकपा एकीकृत( समाजबादी )का उमेदवारहरुले आफ्नो प्रचार अभियानलाई तिब्र बनएका छ्न ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरि सो पार्टीका विभिन्न तहका उमेदवारहरुले मोटर साइकल रैली , घरदैलो र रात्रीसभा गरेका छ्न ।

कलम चिन्हमा मतदान गर्न आग्रह गर्दै पकहामैनपुरका प्रमुखका उमेदवार मदन हजरा र उपप्रमुखका उमेदवार नेजमा खातुनले मोटर साइकल रैली निकालेका थिए ।

नेकपा एकीकृत समाजबादिका सम्पर्क कार्यालय पकहा बाट निसकेको रैली सम्पुर्ण पालिका परिक्रमा गरि पुनः सम्पर्क कार्यालय पुगि समापन भएको थियो ।

त्यस्तै बिरगंज महानगरपालिकाको वार्ड न . ०१ का वार्ड अध्यक्षका उमेदवार बिरेद्र कन्ठले कलम चिन्हमा मतदान गर्न आग्रह गर्दै घरदैलो गरेका छ्न ।

त्यस्तै बिरगंज वार्ड न . २६ का वार्ड अध्यक्षका उमेदवार हिरा अन्सारीले पनि घरदैलो गरि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छ्न ।

त्यस्तै बिरगंज वार्ड न. १७ का अध्यक्षका उमेदवार रमेश चौधरीले रात्री सभाको आयोजना गरि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छ्न । जसमा पार्टीको बिरगंज महानगर अध्यक्ष मनोज चौधरी , सचीव बृजलाल पासवानले मन्तब्य व्यक्त गरेका थिए ।

Related posts

लोकप्रिय बन्दै बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजय कुमार चौरसिया र श्याम पटेल

hamronepaldainik

सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ ः प्रधानमन्त्री

hamronepaldainik

डम्पिङ साइट बनाइएको नार्कः नयाँ नेतृत्व आएपछि युवा बैज्ञानिक उत्साहित

hamronepaldainik
HamroNepalDainik