HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा चिकित्सक श्रीमती संघद्वारा महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

वीरगञ्ज, २९ चैत ।

पर्सा चिकित्सक श्रीमती संघको आयोजनामा वीरगञ्जको गणेशमानस्थित कन्या स्कुलमा महिनावारी सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । संघकी अध्यक्ष निता झाको सभापतित्वमा अभिमुखीकरण सम्पन्न भएको हो ।

अभिमुखीकरणका अवसरमा कन्या स्कुलमा अध्ययनरत छात्राहरुलाई महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धमा प्रशिक्षण दिइएको थियो । महिनावारीको प्रक्रियासँगै, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, सरसफाई लगायतका सम्बन्धमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवले प्रशिक्षण दिएकी थिइन् ।

महिनावारी सम्बन्धी छात्राहरुले भोगीरहेका समस्याहरु पनि सुनेर डा. यादवले समाधानका उपायका बारेमा पनि जानकारी दिएकी थिइन् । त्यस्तै संघकी सचिव एवम् डाइटिशियन निशा सिँहले महिनावारीका समयमा खानुपर्ने र नखानुपर्ने कुराहरुको बारेमा प्रशिक्षण दिएकी थिइन् । विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीका बारेमा सचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको संघकी सचिवसमेत रहेकी सिँहको भनाई छ ।

पर्सा चिकित्सक श्रीमती संघमार्फत विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीका बारेमा प्रशिक्षण दिँदा उनीहरुमा धेरै कुराको जानकारी भएको कन्या स्कुलकी प्रधानाध्यापिका अनिता साहले बताइन् । कार्यक्रममा निभा दास, पवित्रा गजुरेल , ज्याेती चाैधरी , आरती झा , पिया सिंह , दिपाली चाैरसिया , ज्याेती ठाकुर , निभा मिश्रा , विद्यालयकी शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।

Related posts

पटेर्वा सुगौली गाँउपालिकाको ११ औँ गाउँ सभा : ३८ करोड १५ लाख बराबरकाे बजेट प्रस्तुत

hamronepaldainik

वैदेशिक रोजगारको ठगी मुद्दा जिल्लामै मिलाउन कार्यविधि

hamronepaldainik

बिरगंज बसपार्कमा खुलेआम देह व्यपार ,रेडलाईट एरिया बनेको भन्दै स्थानिय चिन्तामा

hamronepaldainik
HamroNepalDainik