HamroNepalDainik.com
समाचार

नारायणी अस्पतालका डाक्टर चौरसिया अहिले मानवीय सेवामा सक्रिय

बिरगंज २७ चैत ।

नारायणी अस्पतालमा कार्यत डाक्टर दिपक चौरसिया बिगत केही दिन देखि मानवीय सेवामा सक्रिय भएर काम गर्दै आइरहेका छन् ।उनलेे अहिले बेवारिसे मानिसहरुको उपचार गर्नमा सक्रिय देखिएका हुन ।

बिगत लामो समय देखि बिरगंज लगायत पर्सा जिल्लामा बेवारिसे ब्यक्तिहरु भेटन थालेको छ । बेवारिसे एवम् मानसिक गुमाएका मानिसहरु भेटिएको भए पनि मानव सेवा आश्रमले खासै ध्यान नदिएको बताइएको छ । नारायणी अस्पतालमा अहिले यस्ता बेवारिसे मानिसहरुलाई प्रहरीले ल्याउने तर त्यसको ब्यवस्थापनमा भने कुनै चासो नदिएको डाक्टर दिपक चौरसियाले बताएका छन् ।

केही दिन पहिला त्यस्तै बेवारिसे मानिस घाउ खतिरा भएको आएकोमा यसलाई उचित ब्यवस्थापन गर्न भनेर मानव सेवा आश्रमलाई जानकारी गराएको भए पनि कुनै चासो नदिए पछि समस्या आएको डाक्टर चौरसियाले बताए।उनलेे भने ती ब्यक्तिको खुट्टामा घाउ सडेर किरा परिसकेको अवस्थामा ल्याएको थियो आफुले मानवीय सेवाको भावनाले उपचारमा खति काम गरेको डाक्टर चौरसियाको भनाइ रहेको छ। हामी अस्पतालमा सेवा दिने डाक्टर भएको तर यसलाई उचित ब्यवस्थापन गर्ने जिम्मेवारी प्रहरीको भए पनि प्रहरीले चासो नदिदा थप समस्या भएको बताए।

प्रहरीले केवल ल्याउने काम मात्र गर्ने त्यसको ब्यवस्थापनमा निगरानी किन नगरेको भनेर डाक्टर चौरसियाले भने यहाँ त एक विमारी राख्ने ठाउँको अभाव छ हामीले सम्बन्धित निकायलाई बारम्बार जानकारी गराउदा समेत चासो नदिएको बताएका छन् । डाक्टर चौरसियाको भनाइ अनुसार कुनै जन्मजात मानसिक सन्तुलन बिगि्रएको हुन्छ भने कुनै विभिन्न कारणले मानसिकता गुमाउने गरेको छ।

नारायणी अस्पतालका इमर्जेन्सी सेक्टरका इन्चार्ज समेत रहि काम गदै आइरहेको डाक्टर चौरसिया मानवीय सेवामा अहिले सक्रिय भएर काम गदै आइरहेका छन् । अहिले ती बिमारीको उपचार आफ्नो ब्यक्तिगत खर्च र नारायणी अस्पतालको आर्थिक सहयोगमा भइरहेको भए पनि उनको रेखदेख गर्ने मानिस नहुदा समस्या सिर्जना भएको डाक्टर चौरसियाले बताएका हुन बीरगंजमा धेरै संघसंस्था भए पनि मिडिया बाजि गर्न अगाडि सर्न काम मात्र हुने गरेको बताइएको छ।

Related posts

पाेखरीया नगरपालिकामा चरम मनाेमानी भयाे : कार्यवाहक मेयर खातुन

hamronepaldainik

पुरस्कार वितरण समाराेह चार पत्रकार संगठनले बहिस्कार गर्ने

hamronepaldainik

वीरगन्ज जेसिजको नयाँ कार्यसमितिद्वारा आश्रममा नगद तथा भोजन सहयोग

hamronepaldainik
HamroNepalDainik