HamroNepalDainik.com
समाचारस्थानिय

बारामा एक जना महिला माथी एसिड प्रहार

बारा चैत ११ गते ,

बारामा एसिड प्रहारबाट एकजना महिला घाइते भएकी छन् । बारा जिल्लाको कलैया वीरगन्ज सडकखण्ड अन्तर्गत पर्ने कोइरिया टोला नजिकै एसिड प्रहार हुँदा वीरगन्ज महानगपालिका वडा नं. ११ श्रीपुर बस्ने उमेश साहको श्रीमती २७ वर्षीय सीता पटेल घाइते भएकी हुन् ।
शुक्रबार बेलुकी करिब ८ बजेको समयमा माइती कलैया जाने क्रममा बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. २३ कोइरिया टोल नजिकै उनीमाथि एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । एसिड प्रहारबाट उनको शरीर पोलेको छ । वीरगन्जबाट माइती घर कलैया जाने क्रममा जेठाजु रामबाबु साह र ससुरा हवारी साहले एसिड प्रहार गरेको उनले आरोप लगाएकी छन् ।
ना.६० प ७२७९ नं. को स्कुटी आएका उनीहरुले सीतामाथि एसिड प्रहार गरि भागेका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते महिलालाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको  जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रबक्ता  राजेश थापले बताए ।

Related posts

भारतलाई हराउँदै नेपाल फाइनलमा

hamronepaldainik

पर्साको ग्रामिणभेगमा रहेको खोलाबाट गिट्टी, बालुवा र ढुङ्गाको व्यापक तस्करी

hamronepaldainik

राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नु पर्छ : मन्त्रि गुप्ता

hamronepaldainik
HamroNepalDainik