HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनी गा.पा. वडा नं. ४ द्धारा छात्राहरुलाई साईकल वितरण

विन्दवासिनी गा.पा. वडा नं. ४ द्धारा छात्राहरुलाई साईकल वितरण वीरगंज ३ फागुन, पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका वडा नंं –४ अमरपट्टी वडा स्तरिय योजना साईकिल वितरण कार्यक्रम अन्र्तगत रा. रा. चौ. मा. वि. झौवागुठी स्कूलमा मंगलबार साईकल वितरण गरिएको छ ।

स्कूल प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच कक्षा ८ मा अध्यनरत्त ५० जना छात्राहरुलाई साईकल वितरण गरिएको हो । स्कूलका प्रधानाध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ताले छात्राहरुलाई साईकल वितरण गर्दै यस कार्यक्रमबाट छात्राहरुलाई स्कूलसम्म आउन जान सहज भएको बताउनु भयो ।

साईकिल वितरण कार्यक्रम गरेकोमा वडा कार्यलयलाई प्रशंसा गर्दै प्रमुख अतिथि गुप्ताले साईकल वितरणबाट छात्राहरुलाई स्कूलसम्म ल्याउनका लागि प्रोत्साहित गरेको विश्वास समेत व्यक्त गर्नु भयो । सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी, वडा ४ का वडाध्यक्ष अनोज कुमार चौरसिया, सदस्यहरु मुकेश साह कानु, हरेन्द्र प्रसाद बरै, महिला सदस्य रुआब्जा खातुन, सरसतिया देवी, स्कूलका भुपु अध्यक्ष एवं कार्यपालिका सदस्य रामचन्द्र प्रसाद चौरसिया लगायत स्कूलका शिक्षक, शिक्षिका, अभिभावक, स्थानिय समाजसेवी बुद्धिजिवीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

Related posts

सिरहाको गोलबजारमा महिलाको हत्या, श्रीमान् घाइते

hamronepaldainik

सवारी दुर्घटना बढ्दै गएकोले सर्तक्ता अपनाउन मोटरसाईकल (salowly) गेम सम्पन्न

hamronepaldainik

महानगरसँग सहमती भएसँगै शिक्षकहरुको आन्दोलन फिर्ता

hamronepaldainik
HamroNepalDainik