HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंज महानगरपालिका वडा नम्बर ११ मा आईतबार देखि ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम शुरु

बिरगंज पर्सा, ०१ फागुन ।

बिरगंज महानगरपालिका वडा नम्बर ११ मा आईतबार देखि ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम शुरु भएको छ । वीरगन्ज महानगरपालिका को सहयोग तथा यु डि वाई सेफको सहकार्यमा वडा नम्बर ११ को कार्यालयमा आज कम्प्युटर लेखा सम्बन्धी तालिमको आयोजना गरेको हो ।

एघार नंम्बर का छात्रा हरूलाई प्रविधि सम्बन्धी सचेत बनाउने र सिप सिकेर आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वाडा अध्यक्ष प्रधुम्न प्रसाद सेढाईले बताएका छन् । यु डि वाई सेफका कम्प्युटरका संचालक बंशीधर गुप्ताको सभापतित्वमा भएको तालिमको उद्घाटन वडा अध्यक्ष सेढाईले गरेका थिए ।

तालिममा वडाका २५ जना महिलाहरु सहभागी छन् । उनीहरुले ९० घण्टा अर्थात ४५ दिनको तालिम प्राप्त गर्ने यु डि वाई सेफका वंशीधर गुप्ताले जानकारी दिए । उदघाटन कार्यक्रममा वडा नम्बर ११ का सदस्य प्रयाग महतो कोहाड, ईन्जिनियर सुधिर गुरागाई, ईन्जिनियर उद्धब गुप्ता, मुस्तकिम हवारी, कुमारी देवि, मिना देवी, पुजा लुइटेल, प्रशिक्षक श्यामबिनय चौधरी, अभिजित चौधरी, सुभाष मेहता लगायतको उपस्थिती रहेको थियो ।

Related posts

लोकप्रिय बन्दै बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजय कुमार चौरसिया र श्याम पटेल

hamronepaldainik

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

hamronepaldainik

Testing

admin
HamroNepalDainik