HamroNepalDainik.com
समाचारसमाज

बरकतुल उलुमका बालबालिकालाई न्यानो कपडा बितरण

वीरगञ्ज,पर्सा
वीरगञ्जको छपकैयाँमा रहेको मदरसा बरकतुल उलूमका बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ ।

इक्ना रिलिफ क्यानडाको आर्थिक सहयोग र स्वास्थ्य सेवा तथा उद्दार संघ नेपाल काठमाण्डौको पहलमा बरकतुल उलूममा रहेका ६० जना बालबालिकालाई ब्लांकेट र सल उपलब्ध गराइएको हो ।

चिसोका कारण बालबालिका प्रभावित भएकाले उनीहरुलाई ध्यानमा राख्दै न्यानो कपडा उपलब्ध गराइएको कार्यक्रम संयोजक साकिब अंसारीले जानकारी दिए ।

मदरसा बरकतुल उलुमका सदर मद्दरिस मुफ्ती अयुबको सभापतित्वमा भएको कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, मदरसा बरकतुल उलुमका काेषाध्यक्ष कलाम ठकुराइ , पूर्व सचिव अब्बास मंसुरी, खैरूदिन हवारी ,समाजसेवी जैनुदिन मंसुरी, जाजुल हवारी, बसरूदिन मंसुरी लगाएतकाे उपस्थिति रहेको थियो ।

Related posts

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता अब वीरगंजमा

hamronepaldainik

मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

hamronepaldainik

कर्पोरेट बैंक र क्लासिक होटल हटाउने महानगरको कदमको सर्वोच्चद्वारा सदर

hamronepaldainik
HamroNepalDainik