HamroNepalDainik.com
समाचार

बेहुली लिएर फर्केको बस दुर्घटना, ५ जनाको मृत्यु

५ मंसिर,  । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।

जिपमा ७ जना सवार रहेको जानकारी आएको प्रहरी निरीक्षक खड्काले बताए । जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ ।

Related posts

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको कार्यक्रम वीरगन्जमा

hamronepaldainik

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

hamronepaldainik

रहबर केयर द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

hamronepaldainik
HamroNepalDainik