HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

नेपाली कांग्रेस बिरगंज महानगरपालिका वडा न. ८ को बुथ सभापतिमा रितेश कुमार गुप्ता सर्वसम्मत

 वीरगञ्ज, ३ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सा जिल्लास्थित बिरगंज महानगरपालिका वडा नं. ८ को बुथ सभापतिमा रितेश कुमार गुप्ता विजय भएका छन् ।

बिहिबार सम्पन्न वडा अधिवेशनमा गुप्तालाई सर्वसम्मतबाट बुथ सभापतिमा चयन गरिएको हो । बिरगंज महानगरपालिका वडा नं. ८ स्थित पदम पार्टी प्यालेसमा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा गुप्तालाई सर्वसम्मतबाट बुथ सभापति चयन गरिएको निर्वाचन अधिकृतले जानकारी दिए ।

गुप्ताको नेतृत्वमा गठन भएको वडा समितिको उपस्थितिमा ईशवर श्रेष्ठ, राजु गुप्ता, भोला कलवार, छोटेलाल कहर, गफार हावारी, कनहैया ठाकुर, राजीव गुप्ता, रबिन्द्र ठाकुर, बिन्दु थापा, निला राम, मुकेश गुप्ता, अरमाण अली, रहेका छन् । बुथ सभापतिमा विजयी गुप्ता  राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । गुप्ता लामो समयदेखि  वीरगञ्ज भित्र बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।

Related posts

वीरगञ्जमा डेढ लाख बराबरको पटाकासहित विष्पोटक पदार्थ नष्ट

hamronepaldainik

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

hamronepaldainik

पत्रकार महासंघ मधेश प्रदेशलाई जनकपुरमा भवन निर्माणका लागि ४ कट्ठा जग्गा प्राप्त

hamronepaldainik
HamroNepalDainik