HamroNepalDainik.com
समाचारस्थानिय

टिभी वीरगंजको नयाँ स्टुडियो उद्घाटन

वीरगंज । धनतेरसको अवसर पारेर मंगलबार एक कार्यक्रमका विच रेडियो वीरगंज परिसरभित्र निर्मित टिभी वीरगंजको अत्याधुनिक नयाँ स्टुडियोको उद्घाटन गरिएको छ ।

टिभी वीरगंज एवं रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले मंगलबार साँझ टिभी बीरगंजको नवनिर्मित स्टुडियोको उद्घाटन गर्नु भएको हो । रेडियो वीरगंज परिसर भित्र निर्माण गरिएको नयाँ स्टुडियोबाट उद्घाटन पश्चात नियमित रुपमा कार्यक्रमहरु प्रशारण गरिएको छ ।

यस अघि टिभी बीरगंज स्टुडियो रेडियो वीरगंजकै भवनमा रहेकोमा आजबाट रेडियो परिसर भित्रै छुट्टै भवन निर्माण गरी स्टुडियो स्थापना गरिएको र सो स्टुडियो उद्घाटन पश्चात नियमित प्रशारण समेत शुरु गरिएको टिभी बीरगंजका प्राविधिक प्रमुख दिपक कुशवाहाले जानकारी दिए ।

साे अवसरमा रेडियाे वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, उजवल घिमिरे, निलिमा पाैडेल, आरके पटेल, नेपाल पाेष्ट डेलीका सम्पादक मनाेज पटेल, भाेजपुरी टाईम्स दैनिकका प्रकाशक अजय चाैरसिया, कालिका टाईम्सका सम्पादक शम्भु कुमार सुमन लगायतका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

Related posts

नारायणी अस्पताललाई अक्सिजन कन्सनट्रेटर सहयोग

hamronepaldainik

समाजवादी प्रेस संगठनद्वारा वीरगंज महानगरकाे लोककल्याणकारीको भुक्तानी गर्न माग

hamronepaldainik

वीरगञ्जमा मोफसलकै पहिलो मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने,

hamronepaldainik
HamroNepalDainik