HamroNepalDainik.com
समाचारस्थानिय

पर्साको ग्रामिणभेगमा रहेको खोलाबाट गिट्टी, बालुवा र ढुङ्गाको व्यापक तस्करी

चिरञ्जीवी यादव, वीरगञ्ज ११ कार्तिक ।

पर्साको ग्रामिणभेगमा गिट्टी, बालुवा र ढुङ्गाको व्यापक तस्करी भैरहेको छ ।

पर्साको ग्रामिणभेगमा रहेका भलुवाहीखोला, गादी खोला, जमुनिया खोलाहरुबाट दिनहु १० वटा ट्रैक्टरहरुमा लोडगरी प्रहरीकै मिलोमतोमा तस्करी भैरहेको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ खजुरिया निवासी नाम न बताउने सर्तमा एक ट्रैक्टर ड्राइभरले बताए ।

ड्राइभर अनुसार इलाका प्रहरीलाई ५ हजार र प्रहरी चौकीका इन्चार्जहरुलाइ ३ हजारको महिना दिनेगरेको बताए ।

गाउँपालिकाहरुको बिबादको कारण खोला नखुल्दा निर्माणको कार्यहरु ठ्प्प रहेको भए तापनि खोलाबाट  लुकाइ छिपाइ गिट्टी, बालुवा र ढुङ्गा सहजै रुपमा पाइर्हेको हुदा केही मात्रामा निर्माण कार्य भैरहेको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर २ निवासी बिनोद यादवले बताए ।

तस्करहरु खोलाबाट अबैध तरिकाले गिट्टी, बालुवा तथा ढुङ्गाहरु सहजै रुपमा ग्रामिणभेगको बोर्डर छेउ सम्म पुर्याइ रहेका स्थानियले बताउछन ।

तस्करहरुको भनाइ अनुसार कानुन कमजोर भएको हुदा आफुहरु पक्राउ भए तापनि ५ हजार जरिबाना मात्र लाग्ने भएको बताए ।

Related posts

वीरगंजको बाइपासमा कार दुर्घटना, एक जनाको मृत्यु सहित ३ जना घाइते

hamronepaldainik

समान चोरी गरेको आरोपमा जिन्सी शाखाका कर्मचारीहरु पदमुक्त , छानबिन समिति गठन

hamronepaldainik

सकियो निजामती विधेयकमा संशोधनकर्ताको छलफल 

hamronepaldainik
HamroNepalDainik