HamroNepalDainik.com
आर्थिकउधोगबैंक/वित्त

लगातार चौथो दिन पनि बढ्यो शेयर बजार

१० कात्तिक,  ।

शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ । साताको चौथो दिन बुधबार समेत शेयर बजार १८.०६ अंकले बढेर बन्द भयो । बजार २७६९.१३ बिन्दुमा पुगेको छ ।

बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भयो । बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुई/तीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो । यो रकम मंगलबारको तुलनामा समेत बढेको छ । बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो । यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । बुधबार जिवन बिमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।

बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो । तर, होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने राताम्मे रह्यो ।

बुधबार बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यो कम्पनीको मूल्य ८.६८ प्रतिशतले वृद्धि भएर ५८० रुपैयाँ पुगेको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसमेत बढी कमाउने कम्पनीमा परे । बुधबार नबिल बैंकको सबैभन्दा बढी कारोबार भयो ।

Related posts

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik

वीरगंजमा निटको टायल्सको शो रुम संचालन, मन्त्री शर्माले गरे उद्घाटन

hamronepaldainik

समयमा बजेट निकासा नहुँदा कृषि औजार कारखाना सञ्चालनमा समस्या

hamronepaldainik
HamroNepalDainik