HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

मोरङमा लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ

२५ असोज, विराटनगर । मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा लुटेर समूहको गोली लागेर बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवर घाइते भएका छन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ ।

घाइते कुँवरलाई विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको घाँटीमुनिको भागमा दुई ठाउँमा दाग छ । चिकित्सकले शरीरबाट एउटा गोली निकालेका छन् ।

रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनले नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका थिए । लुटपाटका लागि आएको समूहले बैक भित्र दुई राउण्ड गोली चलाएको बैंक स्रोतले बताएको छ ।

लुटेरामाथि प्रहरीको गोली

लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् ।

उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।

Related posts

कानु युवा समाज नेपालद्धारा होली मिलन कार्यक्रमको आयोजना

hamronepaldainik

टिभी वीरगंजको नयाँ स्टुडियो उद्घाटन

hamronepaldainik

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न: प्रधानमन्त्री देउवा आज वीरगञ्जमा

hamronepaldainik
HamroNepalDainik