HamroNepalDainik.com
राजनीतिसमाचार

पकहामैनपुर गापा अध्यक्ष मेयर चौरसियामाथि आक्रमणको प्रयास

वीरगन्ज (पर्सा), २३ असोज ।

पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाका मेयर विजय कुमार चौरसियामाथि आक्रमणको प्रयास भएको छ । मेयर चौरसियाले कार्यालयको काम विशेषले सदरमुकाम वीरगन्ज आउने क्रममा पकहामैनपुर गाउँपालिका वडा नं. २ मधुवनी स्थित श्री नेपाल राष्ट्रिय पप्राथमिक विद्यालय नजिकैको मुख्य सडकमा विरोधी युवाहरुको समूहले गाडी रोकेर शनिबारको दिन किन गाडी चलाएको भन्दै दुव्र्यवहार गर्दै आक्रमणको प्रयास भएको अध्यक्ष चौरसियाले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यालयको काम विशेषले र सञ्चारकर्मीहरुसँग छलफलको लागि वीरगन्ज आउने क्रममा अध्यक्ष चौरसिया बसेको गाडीलाई सडकको बीचमै रोकेर स्थानीय युवाहरु प्रमोद पटेल, मोटर वर्णवाल लगायतका आधा दर्जन बढि समूहका युवाहरुले रोकेर शनिबारको दिन किन गाडी चलाएको ? आफूहरुमाथि अनावश्यक मुद्दा दिन लगाएको जस्ता अनावश्यक कुराहरु गर्दै दुव्र्यवहार गरि आक्रमणको प्रयास गरेको बताए ।

चौरसियाल चढ्ने ना. १ झ १६८६ नम्बरको स्कार्पियोलाई ति युवाहरुको समूहले गुण्डागर्दी शैलीमा रोके पश्चात अध्यक्ष चौरसियाले पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेसँग फोनमा कुरा गराई मौखिक सहमित लिएको भन्न लगाएपनि युवाहरुको समूहले अब यहाँबाट गाडी कहिँ जान दिदैंनौं भनेर जबरजस्ती विवाद उत्पन्न गरेको बताइएको छ ।

युवाहरुको समूहले गाडी रोके पश्चात अध्यक्ष चौरसियाले कुरा के हो ? बसेर गरौं, समस्या छ भने छलफलबाट समाधान गरौं भन्दा पनि युवाहरुको समूहले केही कुरा नसुनी जथाभावी अभद्र व्यवहार गर्दै आफूमाथि आक्रमणको प्रयास गरेको बताए । शनिबारको दिन गाडी चलाएको विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीसँग मौखिक जानकारी लिएर मात्रै गाडी चलाएको भन्दापनि युवाहरुको समूहले केही नसुनी जथाभावी अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको उनको भर्नाइ छ ।

दुव्र्यवहार गर्नेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता समेत गरिने अध्यक्ष चौरसियाले बताए । मेयर चौरसिया एक्लै चढेर जान लागेको भन्ने पूर्व योजना अनुसार युवाहरुको समूहले आक्रमणको प्रयास गरेको उनको भनाई छ ।

Related posts

बिराट कुस्ती प्रतियोगिता सम्पन्न

hamronepaldainik

जसपा पर्साको कार्यालय रहेको घर भाडा नतिरेपछि घर खाली गराईदिन प्रशासनलाई गुहार

hamronepaldainik

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

hamronepaldainik
HamroNepalDainik