HamroNepalDainik.com
समाचार

मन्त्रिपरिषद्को बैठकले नाका खुला गर्ने निर्णय गरे पनि बीरगञ्ज-रक्सौल नाका अहिले पनि बन्द नै

वीरगञ्ज ७ असोज । नेपाल सरकार मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले नेपाल–भारत सीमानाका पूर्णरूपमा खुला गर्ने निर्णय गरे पनि आज बिहीबार सम्म बीरगञ्ज–रक्सौल नाका बन्द नै रहेको छ ।

पहिलो लकडाउन शुरू हुनुअगावै २०७६ चैतको पहिलो सातादेखि बन्द भएको नेपाल–भारत सीमा २०७८÷६÷५ गतेको मन्त्रिपरिषद्को बैठकले खुला गर्ने निर्णय गरेको थियो । तर बिहीबार आज पनि वीरगञ्ज– रक्सौल नाका बन्द रहेको छ ।

पर्सा जिल्लाभरिका नाका बन्द रहेको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । उनले मन्त्रिपरिषदको बैठकले निर्णय गरेको समाचार सुने पनि सोसम्बन्धी लिखितपत्र नआएको कारण सीमा खुला नगरिएको उनले बताए ।

Related posts

वीरगंज नापी कार्यालयका बिचाैलिया एक लाख पचिस हजार घुस सहित रंगे हात पक्राउ

hamronepaldainik

टेम्पो संघको नाममा अवैध असुली

hamronepaldainik

जयसवालले सयौं ब्रतालु महिलालाई गरे बाँसका सामग्रि वितरण

hamronepaldainik
HamroNepalDainik