HamroNepalDainik.com
समाचार

ईटियाहीमा निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर

वीरगंज १९ भदौ ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाही टोलमा एक दिने निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ ।
श्री हनुमान मन्दिर विकास समिति विन्दवासिनी गा.पा.–३ ईटियाहिको आयोजना तथा नारायणी आई केयर बिर्ता वीरगंजको प्राविधिक सहयोगमा भएको शिविरबाट २०७ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।
ईटियाहीको श्री कामाख्यामाई बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गणमा भएको शिविरमा जय पोलिक्लिनिक नारायणी आई केयर वीरगंजका नेत्र रोग विशेषज्ञ एवं नारायणी अस्पतालका आँखा विभागका प्रमुख डा. बि.डि चौरसिया, दृष्टि विशेषज्ञ प्रभात चौरसिया, राजेश यादव लगायतको टिमले आँखा परिक्षण गरेका थिए ।
आँखा परिक्षणको क्रममा आँखाका रोगीहरुलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । आँखाको नजदिकी तथा दुरीका समस्या भएका १०० जना बिरामीहरुलाई निःशुल्क रुपमा चश्मा समेत वितरण गरिएको कार्यक्रमका व्यवस्थापक मुकेश चौरसियाले जानकारी दिए ।
शिविरको मिडिया पार्टनर भोजपुरी टाइम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया, मिरमिरे अनलाईनका दिपक चौरसिया र हाम्रो नेपाल दैनिकका रामेश्वर चौरसिया लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि लगायतको सहभागीता रहेको थियो ।

Related posts

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद

hamronepaldainik

कपिलवस्तुमा बस दुर्घटना हुदा : १० जना को मृत्यु, ३० भन्दा बढी घाइते

hamronepaldainik

राष्ट्रिय जनगणना २०७८ को लागि पर्सामा सुपरिवेक्षकहरुको पुनर्ताजगी तालिम संचालन

hamronepaldainik
HamroNepalDainik