HamroNepalDainik.com
समाचार

काेराेना संक्रमणबाट पाेखरियाका युवककाे मृत्यु

वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । पोखरिया नगरपालिकाकाे वडा नं. १ का ३३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका काेभिड संयाेजक डा. उदयनारायण सिंहले वताए ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ १० गते उनी नारायणी अस्पतालमा भर्ना भएका थिए । सोही दिन पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार राति पौने २ बजे उनको मृत्यु भएको संयोजक डा. सिंहले जानकारी दिए ।

‘बिरामीको फोक्सो ९० प्रतिशत जति खराब भइसकेको थियो, रगतमा पनि संक्रमणको लक्षण देखिएको थियो,’ उनले भने, ‘स्वास्थ्य अवस्थामा सुधार नै हुन सकेन, बिहान मृत्यु भयो ।’

नारायणी अस्पतालमा असार २३ गते यता कोही पनि संक्रमितको मृत्यु भएको थिएन । पर्सामा हाल १२ जना मात्रै सक्रिय संक्रमित छन् ।

Related posts

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री आक्रोसित, भने– संघीयता विरोधीहरु बदनाम गर्न खोजियो

hamronepaldainik

बिरगंज महानगरपालिका वडा नम्बर ११ मा आईतबार देखि ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम शुरु

hamronepaldainik

चलचित्र हलको परिसर भित्र (MRP) भन्दा बढी मूल्यमा पानी तथा खानेकुरा बिक्री गर्न नपाइने

hamronepaldainik
HamroNepalDainik