HamroNepalDainik.com
समाचार

ने.रा.मा.वि. निचुटामा साईकल वितरण

वीरगंज । प्रदेश नं.२ सरकारको “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे नेपाल राष्ट्रिय मा. वि. निचुटामा अध्ययनरत कक्षा-८ का छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

भारतिय दूतावास वीरगंजका बाणिज्य दुत शैलेन्द्र कुमारकाे प्रमुख आतिथ्यमा एवं जसपा नेपालका प्रदेश सदस्य दिपक यादवको विशेष पहलमा एक कार्यक्रमका विच ४४ जना क्षात्राहरुलाई साइकल वितरण गरिएको जसपाका युवा नेता शिव कुमार साहले बताए ।

नेपाल राष्ट्रिय मा. वि. निचुटाको प्र.अ. श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालको संघीय परिषद सदस्य सलाउदिन अहमद, मुस्लिम फोरम केन्द्रिय अध्यक्ष नुरुलहोदा अन्सारी, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव लगायतकाे सहभागिता रहेको थियो ।

Related posts

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको कार्यक्रम वीरगन्जमा

hamronepaldainik

पकहाँमैनपुरकाे प्र.प्र अधिकृतमा उदयशंकर चाैधरी : अध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले गरे स्वागत

hamronepaldainik

नेपाल भोजपुरी प्रतिष्ठान वीरगञ्जद्वारा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

hamronepaldainik
HamroNepalDainik