HamroNepalDainik.com
समाचार

चोरी भएका २३ वटा मोटरसाईकल धनीले पाए

९ साउन, काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो । लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाईकलहरु आज सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिए ।

हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन । एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताए ।

सकेसम्म चोरी नै हुन नदिने, भए तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरुको अभियाननै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाले १५ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेला पारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाईकल करि ७० प्रतिशत मात्रै भेटने गरेको पनि जानकारी दिए ।

महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाईकलको खोजी गर्दै आएको छ । अब भने त्यसको दायरा देशभर पुर्‍याउने योजना बनाइएको एसएसपी भट्टराईले बताए ।

चोरी भएका सबै मोटरसाईकल पत्ता लगाउन पनि यसको खोजीको दायरालाई देशभर बनाउनुपर्ने अवस्था आएको महा बमखाले स्पष्ट पारेको छ ।

Related posts

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

hamronepaldainik

एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर वीरगंज पर्साको दोस्रो अधिवेशनबाट अध्यक्षमा गुप्ता चयन

hamronepaldainik

कार्यपालिका निर्वाचनमा एमालेले ६ सदस्य जित्दा जसपाका अस्लम आलम पनि विजयी

hamronepaldainik
HamroNepalDainik