HamroNepalDainik.com
समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न अनुरोध गर्न चाहन्छु ।’

कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे अहिले नै निर्णय गर्न नसकिने उनले बताए । ‘अझै परीक्षा हुन दुई हप्ता बाँकी छ । यो हप्ता हामी परिस्थिति हेर्छौं । त्यसपछि थप छलफल गरेर निर्णय लिन्छौं,’ सदस्य सचिव अर्यालले भने, ‘विद्यार्थी अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गर्न चाहन्छु ।’

अहिले सञ्चालन भइरहेको परीक्षा नियमित हुने र तयारी भइरहेका बाँकी परीक्षाहरु पनि तोकिएको समयमा नै हुने उनको भनाइ छ ।

सोमबार दिउँसो पत्रकारसँगको छलफलका क्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड-१९ तेस्रो लहरको संक्रमण बढ्दै गए शिक्षा मन्त्रालयसँग परामर्श गरी आन्तरिक मूल्यांकन गर्न सकिने बताएपछि परीक्षाबारे विद्यार्थीमा भ्रम पर्न गएको हो ।

Related posts

टेम्पो संघको नाममा अवैध असुली

hamronepaldainik

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ हुने

hamronepaldainik

गौर हत्याकाण्डः न्यायको माग गर्दै पीडितको धर्ना पाँचौ दिन पनि जारी

hamronepaldainik
HamroNepalDainik