HamroNepalDainik.com
Uncategorizedसमाचार

पर्साको टिकुलियामा रास्वपा उम्मेदवार शुशील साह कानुको घरदैलो

पर्सा । पर्सागढी नगरपालिका वडा नं. ७ टिकुलियामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुशील साह कानुले घरदैलो कार्यक्रम गरेका छन्।

उक्त कार्यक्रममा रास्वपा पार्टीका नगर अध्यक्ष चन्दन यादव लगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

घरदैलो अभियानका क्रममा “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने पार्टीको मुख्य चुनावी नारासहित उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र भावी योजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो, जसले क्षेत्रीय राजनीतिमा नयाँ सोच र परिवर्तन प्रतिको चाहना झल्काएको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा रास्वपा नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवा मैत्री नीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय समस्या पहिचान गरी समाधानका लागि सदन र सडक दुवै ठाउँबाट आवाज उठाइने जनाइएको छ।

रास्वपाले आगामी दिनहरूमा पर्सागढी नगरपालिकाका अन्य वडाहरूमा पनि घरदैलो तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउने जनाएको छ।

Related posts

बाढी-पहिरोले काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

hamronepaldainik

टिभी वीरगंजको नयाँ स्टुडियो उद्घाटन

hamronepaldainik

पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस

hamronepaldainik
HamroNepalDainik