HamroNepalDainik.com
समाचारस्थानिय

वीरगन्जको नारायणी अस्पतालमा आगलागी

८ पुस, वीरगन्ज,  वीरगन्जको नारायणी अस्पतालमा मंगलबार साँझ आगलागी भएको छ । अस्पतालको ऐश्वर्य प्रसूती गृह भवनमा रहेको एनआईसीयु वार्डमा मंगलबार साँझ आगो लागेको हो ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, एनआइसीयु वार्डमा जडान गरिएको एसीको विद्युतीय तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसीमात्रै जलेर नष्ट भएको अन्य कुनैपनि क्षति नभएको अस्पतालका चिकित्सक डा. दीपक चौरसियाले बताए ।

मंगलबार साँझ ४ः३० बजेतिर एसीको तार सर्ट भएर आगो लाग्ने बित्तिक्कै अस्पतालका कर्मचारीहरुले पुगेर बिजुलीको लाइन काटिदिएकाले ठूलो दुर्घटनाबाट जोगिएको डा. चौरसियाले बताए । आगो लाग्ने बित्तिक्कै अस्पतालका कर्मचारीहरुले अस्पतालमै रहेको फायर ग्यास सिलिण्डरको मदतले आगो निभाउन सफल भएको उनले जानकारी दिए ।

त्यसलगत्तै वीरगन्ज महानगरपालिकाको कार्यालयबाट पनि वारुण यन्त्र (दमकल) आइपुगे पनि त्यसको मदत लिन नपरेको उनले बताए । एनआईसीयु वार्डमा आगो लागेका बेला वार्ड भित्र कुनैपनि बिरामी बच्चा नभएको डा . दिपक चौरसियाले जानकारी दिए ।

Related posts

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बैठक सम्पन्न

hamronepaldainik

प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गर्यो : मृतक रुपेशका परिवार

hamronepaldainik

वीरगंजलाई हरित शहर बनाउन सबैले वृक्षारोपण गरौँ : मेयर सिंह

hamronepaldainik
HamroNepalDainik