HamroNepalDainik.com
समाचार

पत्रकारमाथि दुव्र्यवहार गर्ने अधिकृत प्रहरीको नियन्त्रणमा

२३ असार,वीरगञ्ज । स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरलाई प्रहरीले नियन्त्रणमा आएको छ ।

हिजो पत्रकारहरुलाई दुब्र्यहार गरेको भन्दै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र ब्यवहार गरेको भन्दै उजुरी परेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि दुव्र्यवहार गरेको आरोपमा पर्सा प्रहरीले उनलाई छलफलका लागि बोलाएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी पत्रकारले जनाएका छन् ।

हिजो दिउँसो वीरगन्जको क्लासिक ब्यान्क्वेटमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई ठाकुरले कार्यक्रमस्थलमा आएर दुव्र्यवहार गरेको पत्रकारहरुको भनाई छ । पत्रकार सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, आनन्दकुमार पटेल लाई स्वास्थ्य अधिकृत जयमोद ठाकुरले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका थिए ।

यस घटनाले पत्रकार समुदायलाई आक्रोशित बनाएको छ । अधिकृत ठाकुरलाई सामान्यतया पर्साका पत्रकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ, तर यस घटनाले पत्रकारहरू आक्रोशित भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा शाखादेखि प्रदेश र केन्द्रसम्मले घटनाको विषयमा गम्भीर चासो देखाएको छ ।

पत्रकारका विभिन्न संघ–संगठनहरुले यो घटनालाई आपत्तिजनक भन्दै दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृतलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

Related posts

अतिक्रमण संरचना हटाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

पत्रकारिता बारे केही थाहै नभएका मान्छेहरु कार्ड र झोला बोकी पत्रकारिता बदनाम गराउँदै : प्रमुख अतिथि बस्नेत

hamronepaldainik

अश्लिल गीत तथा डिजे बन्दको निर्णय, कार्यान्वयनका लागि संवाद कार्यक्रम

hamronepaldainik
HamroNepalDainik