HamroNepalDainik.com
समाचार

भूमि विधेयकको विपक्षमा जसपा नेपाल

२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयकको पनि सशक्त विरोध गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत् यादवले भूमि विधेयक पनि वन र भूमि सक्नेगरी आएकाले सशक्त विरोध गर्ने बताएका हुन् ।

‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले विरोध गरेका थियौं’, अध्यक्ष यादवले लेखेका छन्, ‘अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमि सम्बन्धी विधेयक ल्याएको छ, सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौ ।’

यसअघि जसपा नेपालकै असहमतिका कारण भूमि अध्यादेश पारित हुन सकेको थिएन । जसपा नेपालको असहमतिले राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले भूमि अध्यादेश स्वतः निष्क्रिय भएको थियो ।अनलाईन खबर

Related posts

रेडियाे वीरगंजकाे १९ औ वार्षिकोत्सवमा लाइभ कन्सर्ट भव्य रुपमा सम्पन्न गरियो

hamronepaldainik

भारतलाई हराउँदै नेपाल फाइनलमा

hamronepaldainik

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

hamronepaldainik
HamroNepalDainik