HamroNepalDainik.com
समाचार

भूमि विधेयकको विपक्षमा जसपा नेपाल

२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयकको पनि सशक्त विरोध गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत् यादवले भूमि विधेयक पनि वन र भूमि सक्नेगरी आएकाले सशक्त विरोध गर्ने बताएका हुन् ।

‘भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले विरोध गरेका थियौं’, अध्यक्ष यादवले लेखेका छन्, ‘अहिले फेरि वन र भूमि सक्ने खालका भूमाफियाको स्वार्थ अनुकूल हुनेगरी तिनै प्रावधान राखेर सरकारले भूमि सम्बन्धी विधेयक ल्याएको छ, सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौ ।’

यसअघि जसपा नेपालकै असहमतिका कारण भूमि अध्यादेश पारित हुन सकेको थिएन । जसपा नेपालको असहमतिले राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले भूमि अध्यादेश स्वतः निष्क्रिय भएको थियो ।अनलाईन खबर

Related posts

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न: प्रधानमन्त्री देउवा आज वीरगञ्जमा

hamronepaldainik

श्री नेपाल स्काउट नि.मा.वि.मा अहमदिया संघ नेपाल द्वारा पंखा तथा शैक्षिक समाग्री सहयोग

hamronepaldainik

एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

hamronepaldainik
HamroNepalDainik