HamroNepalDainik.com
समाचार

नाबालिकालाई यौनधन्दामा लगाउने एक महिला पक्राउ

वीरगंज । नयाँ लुगा किनिदिने प्रलोभन पारी नाबालिकालाई यौनधन्दामा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाकी २४ वर्षीया आलिया खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

आलियाले नगवाकै विपन्न परिवारकी अन्दाजी १४ वर्षीया एक नाबालिकालाई नयाँ लुगा किन्दिने र पैसापनि दिने प्रलोभन दिएर बैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेकी थिइन् । त्यहाँ आलियाले ती बालिकालाई विभिन्न लजमा ७ दिनसम्म राखेर यौनधन्दामा लगाएकी थिइन् ।

ती बालिकाका अभिभावकले छोरी घरबाट सम्पर्कविहिन भएपछि खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि खोजतलाशमा खटिएको प्रहरीले आलिया र ती बालिका दुवै जना आलियाको घरमा रहेको सूचना पाएको थियो । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले नगवास्थित आलियाको घरमा पुगेर छापा मारेर ती बालिकाको उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीसँगको बयानका क्रममा पिडित बालिकाले आफुलाई आलियाले झुक्याएर रक्सौल बजारमा लगेको र त्यहाँका विभिन्न लजमा लगेर पुरुष ग्राहकसँग पैसा लिएर आफुलाई यौनधन्दामा लगाएको बताएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार, अनुसन्धानका क्रममा पक्राउ परेकी आलियाले यसभन्दा पहिला पनि बालिका र किशोरीलाई विभिन्न प्रलोभन दिएर यौनधन्दामा लगाउने गरेको खुलेको छ । प्रहरी हिरासतमा रहेकी आलियाविरुद्ध मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए

Related posts

हाम्रो नेपाल दैनिक डट कमको वार्षिकोत्व सम्पन्न, छात्रावासमा व्याग तथा शैक्षिक सामग्रीहरु वितरण

hamronepaldainik

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगञ्ज महानगरपालिका

hamronepaldainik

वीरगञ्जको गण्डकस्थित बयोद्या अस्पताल नजिकै १ जनाको शब फेला

hamronepaldainik
HamroNepalDainik