HamroNepalDainik.com
आर्थिकबैंक/वित्तसमाचार

आशीर्वाद वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभा सम्पन्न

वीरगंज १८ पुस ।
आशीर्वाद वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १४ औं वार्षिक साधारणसभा बिहिवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।


वीरगंजको होटल हर्ष एण्ड सि मा सम्पन्न साधारणसभाको उदघाटन गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पडिंतले देश आर्थिक रुपले विष्म परिस्थितिमा रहको बेला पनि यस संस्थाले राम्रो प्रगति गरेको चर्चा गर्दै आउने दिनमा पनि अझै उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए । सहकारीले सम्पूर्ण सञ्चालक सदस्य एवं शेयरधनीहरुको भावनालाई समेटर अगाडि बढेको उदाहरण दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पडिंतले केही सहकारी भागेको हल्ला पश्चात सबै सदस्यहरुले डराएर आ–आफ्नो सहकारीबाट रकम निकाल्न खोज्दा अन्य सहकारीहरुलाई पनि समस्या भई रहेकोमा चिन्ता जनाएका थिए ।

संस्थाका अध्यक्ष सन्तोषलाल कर्णको सभापतित्वमा बिशिस्ट अतिथि नेफस्कुनका पुर्व संचालक सदस्य हरेराम पटेल, जिल्ला बचत संघका महासचिव जिष्णु बराल,नेेेफ्सकुन बिरगंजका कार्यलय प्रमुख गौतम कुमार साह, बैैैष्नवी देवी बचत तथा ऋण सहकारीका कार्याकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, जन संरक्षण साहसका ब्यवस्थापक नरेेेश चौरसिया , श्री हिमाल बचत तथा ऋण सहकारीका प्रबन्धक किरण झा, गोल्डेन फ्युुचर  साकोसका प्रबन्धक दिपक चौधरी,अरुण कुमार साह,दिपिका श्रेष्ठ ,रामबाबु चौधरी ,उमेस साह,,श्री राष्ट्रिय सहकारी बैंक लि का बिरगंज शाखा प्रमुख सन्जय कुमार महतो लगायतकाले आ–आफ्ना शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

सो अवसरमा कर्मचारीहरु, सदस्य,ग्राहक, बुद्धिजिवि, पत्रकार लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related posts

मन्त्री नबनाएको विरोधमा वीरगञ्जका युवाहरुद्वारा काठमाडौँमा उपेन्द्र यादवको पुत्ला दहन

hamronepaldainik

बिन्दवासिनीकाे विद्यालयमा अध्यक्ष र प्र. प्र. अधिकृतकाे छड्के अनुगमन

hamronepaldainik

सशस्त्र प्रहरी द्वारा लागु औषध सहित २ जना पक्राउ

hamronepaldainik
HamroNepalDainik