HamroNepalDainik.com
राजनीतिसमाचारस्थानिय

जनमत पार्टीले मनायाे राष्ट्रिय धोती दिवस

वीरगंज । जनमत पार्टी  पर्साले पनि बुधबार वीरगंजमा राष्ट्रिय धोती दिवस मनाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले अंग्रेजी नयाँ वर्षको दिन बुधबार वीरगंजमा राष्ट्रिय धोती दिवस मनाएका हुन् । धोती, कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट ¥याली निकालेर वीरगंज शहरको नगर परिक्रमा गरेका थिए । घण्टाघर चोकबाट सुरु भएको ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो ।

¥यालीप्छि घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचानमात्र नभई सांस्कृतिक धरोहरपनि भएकाले यसलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिलाउन राष्ट्रिय धोती दिवस मनाउने गरिएको बताए ।

नेपाल बहुभाषिक र बहुसांस्कृति देश एउटा समुदाय विशेषको पहिरन र पोशाकलाई मात्र राष्ट्रिय पोशाकका रुपमा बढावा दिइएकाले त्यसलाई तोड्न आँफुहरुले हरेक वर्षको जनवरी १ तारिकमा राष्ट्रिय धोती दिवस मनाउँदै आएको उनले बताए ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्यहरु सिपु तिवारी, कार्यकारिणी सदस्य माधव सिंह, बिध्यालाल प्रसाद, नेतृहरु रम्भा मिश्रा, नजमा खातुन, अन्जना गुप्ता, नेताहरु बृजेश्वर प्रसाद चौधरी, बृजकिसोर कलवार, श्याम गुप्ता, वीरगंज महानगर अध्यक्ष महादेव शर्मा, राजनारायण मिश्रा, डा. असोकराज ठाकुर, अमरनाथ सिंह राठौर, संजय सिंह, ललन चौरसिया, उदय यादव, ई. राजुराज गिरी, लोकेश कर्ण, नरेश राम, सिकिन्द्र राम लगायत सयौंको सहभागिता थियो ।

यसैगरी जनमत पार्टी राैतहटले पनि गाैरमा धाेती दिवस मनाएकाे छ । तराई-मधेश क्षेत्रका परम्परागत पहिरन “धोती-कुर्ता” लाई प्रवर्द्धन गर्ने उद्देश्यले धोती दिवस मनाइएको जनमत पार्टी राैतहटका जिल्ला इन्चार्ज शेख जमसैदले जानकारी दिए ।

Related posts

महानगर स्वास्थ्य महाशाखा प्रमुख महतोले लाखो रुपैयाको लोभमा ‘आमा सुरक्षा कार्यक्रम’ को लागि सूर्य हस्पिटललाई दिए गैरकानुनी सिफारिस

hamronepaldainik

हिन्दू परिष्द नेपालले गर्ने सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा

hamronepaldainik

कपिलवस्तुमा बस दुर्घटना हुदा : १० जना को मृत्यु, ३० भन्दा बढी घाइते

hamronepaldainik
HamroNepalDainik