HamroNepalDainik.com
समाचार

चिनियाँ विरुद्ध बाराको अमलेखगंजमा विरोध प्रर्दशन

२१ असार, बिरगंज
चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज अमलेखगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेका
छन ।
चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वधिनता कायम गर भन्ने विभिन्न नाराका साथ जुलुस निकाली अमलेखगंजको प्रहरी चौकी देखि नेपाल आयल निगममा आई परिक्रमा कोण सभामा परिणत भएको थियो ।

सो विरोध प्रर्दशनमा चुरे तथा वन जंगल संरक्षण अभियानका केन्द्रिय सदस्य भुलावन पासवान चुरेलाई उत्खन्न गरी विनाश गर्दै आईरहेको, जस्तै अनावश्यक रुपमा पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाई प्रत्येक नेपाली माथि जबरजस्ती ऋण थुपारेको, चिनियाँ राणनितिक तथा विकासको नाममा भुमरीको जालोमा फस्दाउँदै आएको र केही दिन अगाडि सिराहा भिडिजन वन कार्यालयले अवैध रुपमा उत्खन्न गर्दै आएका चिनियाँ कम्पनी (श्री चाईना रेल वे नं. २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लि. काठमाण्डौका स्काभेटर, टिपर तथा चिनियाँ नागरिक पक्राउ गरी जिल्ला अदालत सिराहाले मुद्दा चलाएको छ । सो मद्धा विचाराधिन रहेको र तराई मधेसमा चिनियाँ विस्तारवादी विरुद्ध हाम्रो सदैव अभियान जारी राख्ने र मधेशलाई मरुभुमि हुनबाट जोगाउन सम्पूर्ण मधेसी तथा नेपाली दाजुभाई एकजुट भई विकासको नाममा विनाश गर्दै आएका चिनियाँ र चिनियाँ कम्पनी विरुद्ध विरोध गर्न आग्रह गर्दै आफ्नो मन्तव्य राखेको थिए ।

चिनले विभिन्न चरणमा नेपाली भूमि मिच्दै आएको र चिनियाँ कम्पनी द्वारा देशको विभिन्न ठाउँमा विकासको नाममा विनाश गर्दै आएको जस्तै नारायणगढ–बुटवल सडक खण्ड, पोखरा अन्तराष्ट्रिय विमान स्थल, महेन्द्र राजमार्ग विकासको नाममा चुरे दोहन लगायत बारे पासवानले आफ्नौ मनतव्य राखेको थिए ।

सो कार्यक्रममा अभियानका अभियान्ताहरु पुनदेव चौधरी, सुनिल भान्जा, चित्रलेखा चौधरी, सुनिल कुशवाहा, सुभाष यादव र पार्वती नेपाल लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, विधार्थी तथा स्थानिय, समाजसेवीको उपस्थिती रहेको थियो ।

Related posts

पोखरिया नगरपालिकाको ९ औं नगर सभाबाट ४४ करोड ४० लाखको बजेट प्रस्तुत

hamronepaldainik

नेपाली न : पलेट कारमा लागु औषधकाे तस्करी गर्ने दुई जना पक्राउ

hamronepaldainik

सबै समाजवादी एवं प्रगतिशिल शक्तिहरु एकजुट हुनु पर्ने पूर्व प्रधानमन्त्री खनालको भनाई

hamronepaldainik
HamroNepalDainik