HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

वीरगंज–१९ बिन्दबासिनी स्वास्थ्य चौकीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज ।
पर्साको बीरगंज महानगरपालिका वडा नं. १९ मा रहेको बिन्दवासिनी स्वास्थ्य चौकीमा शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बीरगंज महानगरपालिका वडा नं. १९ को योजनामा सम्पन्न शिविरबाट १७० जना महिला र १३० जना पुरुष गरि जम्मा ३०० जना लाभान्वित भएको स्वास्थ्य चौकी अधिकृत शिव हरि तिवारीले बताए ।

शिविरमा जेष्ठ नागरिक विशेषज्ञ डा. अनुपम उपाध्याय, नेत्र रोग विशेषज्ञ डा.पवन राज पटेल, बाल तथा शिशुरोग विशेषज्ञ डा. आनन्द रौनियार, स्त्री रोग विशेषज्ञ डा. नाज्दा , फिजिसियन डा. शैलेजानन्द भुरेर लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए ।
वीरगंज महानगरपालिका वडा नं. १९ का कार्यवाहक अध्यक्ष उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिन्देश्वर चौरसिया, वीरगंज महानगरपालिकाका मेयर सचिवालयका सत्यराज घिमिरे, वडा सदस्य बिनोद चौरसिया, दिनेश साह कालवार, अमित यादव, संचारकर्मी रामेश्वर चौरसिया, कर्मचारी, सुरक्षाकर्मी, बुद्धिजीवी एवं स्थानीयहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related posts

पर्सा प्रहरी द्वारा एक फरार प्रतिवादीलाई गरे पक्राउ

hamronepaldainik

कांग्रेसबाट कालिकामाईकाे अध्यक्षमा पटेल र उपाध्यक्षमा साहको चर्चा

hamronepaldainik

निर्वाचन आयोगले प्रधानमन्त्रीलाई भन्यो : चैत ५ भित्र स्थानीय तहको चुनाव गरिसक्नुपर्छ

hamronepaldainik
HamroNepalDainik