HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

वीरगंज–१९ बिन्दबासिनी स्वास्थ्य चौकीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज ।
पर्साको बीरगंज महानगरपालिका वडा नं. १९ मा रहेको बिन्दवासिनी स्वास्थ्य चौकीमा शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बीरगंज महानगरपालिका वडा नं. १९ को योजनामा सम्पन्न शिविरबाट १७० जना महिला र १३० जना पुरुष गरि जम्मा ३०० जना लाभान्वित भएको स्वास्थ्य चौकी अधिकृत शिव हरि तिवारीले बताए ।

शिविरमा जेष्ठ नागरिक विशेषज्ञ डा. अनुपम उपाध्याय, नेत्र रोग विशेषज्ञ डा.पवन राज पटेल, बाल तथा शिशुरोग विशेषज्ञ डा. आनन्द रौनियार, स्त्री रोग विशेषज्ञ डा. नाज्दा , फिजिसियन डा. शैलेजानन्द भुरेर लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए ।
वीरगंज महानगरपालिका वडा नं. १९ का कार्यवाहक अध्यक्ष उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिन्देश्वर चौरसिया, वीरगंज महानगरपालिकाका मेयर सचिवालयका सत्यराज घिमिरे, वडा सदस्य बिनोद चौरसिया, दिनेश साह कालवार, अमित यादव, संचारकर्मी रामेश्वर चौरसिया, कर्मचारी, सुरक्षाकर्मी, बुद्धिजीवी एवं स्थानीयहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related posts

आँख को समस्या र उपाय बारे भोजपुरी भाषा मा ( भोजपुरी टाइम्स दैनिक ) पत्रिकामा विशेष चर्चा गर्दै डा. चौरसिया

hamronepaldainik

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

hamronepaldainik

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ ः मेयर सिंह

hamronepaldainik
HamroNepalDainik