HamroNepalDainik.com
शिक्षासमाचार

अबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी, कन्सल्टेन्सीहरु सिल गर्ने तयारीमा

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

वीरगंज
वीरगंज महानगरपालिकाले एक्सेल कलेजको नाममा अबैध रुपमा संचालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरेको छ ।

शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि उक्त संस्थामा सिलबन्दी गरेको हो ।

महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।’

कंचनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगंजको वडा नं. ११ मा एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि त्यसमा सिल लगाइएको शिक्षा अधिकृत लामिछानेले जानकारी दिए ।

गएको वर्ष पनि महानगरले विभिन्न ९ वटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिबाना असुल गरेको थियो ।

‘विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा कंचनजंघा र ज्ञानबाटीका बोर्डिङ स्कुलको हुने तर पढाइ हुने फरक भवनमा विद्यालयको राखिएको नाम, विद्यार्थीको आइडी कार्ड, लगायत एक्सेल कलेज किर्ते नाममा चलेको पाइयो जुन नाम महानगरपालिकामा दर्ता छैन’ उनी अगाडि भन्छन्, ‘दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउँदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरु शैक्षिक सत्रको सुरुवातबाटै सिल गर्न सुरु गरेका हौं ।’

महानगरपालिकाले दर्ता नभई सञ्चालन भइरहेका छद्म नामका कलेज, मन्टेसरी, कोचिङ सेन्टर, कन्सल्टेन्सीहरु पनि सिल गर्ने तयारी गरेको छ ।

आज सिलबन्दी गर्न नियमन समितिका संयोजक इश्वरचन्द्र यादब, नगर प्रमुखज्यूको जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रहरी इन्चार्ज हरि भुषाल लगायतको टोली पुगेको थियो ।

Related posts

पर्साको ईटियाहीमा घरको स्ल्यापबाट खसेर किशोरको मृत्यु

hamronepaldainik

ओलीलाई जनकपुर विमानस्थलमा कालोझण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता पक्राउ

hamronepaldainik

वीरगंजको लिंकरोडमा “पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक”को उदघाटन सम्पन्न

hamronepaldainik
HamroNepalDainik