HamroNepalDainik.com
समाचार

प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भिडियो सहित

२४ चैत्र,वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भएका छन् ।

बिन्दवासिनी प्रहरी चाैकीका प्रहरी जवान काैशल चाैधरीकाे कुटपिटबाट पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका २८ बर्षिय ई रिक्सा चालक रंजन साह घाइते भएका हुन् । तिलावे पुल नजिक उनले चलाएकाे ई रिक्सा राेकेर प्रहरी जवान चाैधरीले ई रिक्सा चालक साहलाई कुटपिट गरेकाे भिडियाे अहिले समाजिक संजाल फेसबुकमा भाइरल भइरहेकाे छ ।

साे भिडियाेमा ई रिक्सा चालककाे टाउकाेबाट रगत खसी रहँदा पनि प्रहरी जवान चाैधरीले ठूलाे अपराधि सरह उनकाे कलर समातेर लगेकाे देखिन्छ । याे प्रहरीकाे ददागिरी भएकाे भन्दै समाजिक संजालमा प्रहरीकाे आलाेचना समेत भइरहेकाे छ ।

घटना बारे पता लगाउँदा पाेखरियाबाट वीरगंज तर्फ आइरहेकाे मधेश प्रदेश ०३-००२ ख १८२२ नम्बरकाे ई रिक्सा लाेडर तिलावे पुल नजिक डियुटीमा खटेकाे प्रहरी जवान चाैधरीले राेक्नकाे लागि सिटी बजाएका थिए । प्रहरीकाे सिटी सुनेर पछाडी हेर्दा प्रहरी जवान चाैधरी अर्कै तर्फ फर्केकाे हेरर ई रिक्सा अगाडी बढाउँदै हिडेका थिए ।

त्यसपछि डियुटीमा खटेकाे प्रहरी जवान चाैधरी पछाडीबाट आएकाे बसमा चढेर तिलावे पुल पारि कोनिहा तेल टंयाकी नजिक पुगेकाे साे ई रिक्सालाई राेकी तिमी किन ई रिक्सा नराेकेकाे भन्दै अपशब्द प्रयाेग गर्नुकाे साथै कुटपिट गरेका हुन् ।

दुइटै पक्ष बीच मिलापत्र भईसकेको वताउँदै सम्बन्धित प्रहरीसंग स्पष्टिकरण साेधिने इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम केशीले वताए ।

घटनाको भिडियो

Related posts

गौर हत्याकाण्डः न्यायको माग गर्दै पीडितको धर्ना पाँचौ दिन पनि जारी

hamronepaldainik

ट्राफिक प्रहरी कार्यालय पर्साको अबैध रकम असुली : जिम्मेवारीबाट पन्छिदै ट्राफिक प्रहरी निरीक्षक कार्की

hamronepaldainik

समाचार लेखेकै कारण पत्रकारलाई टाउँको काट्ने तस्करको धम्की

hamronepaldainik
HamroNepalDainik