HamroNepalDainik.com
समाचारसमाजस्थानिय

कानु समाज नेपाल पर्साको बैठक सम्पन्न, चैत्र ९ गते होली मिलन समारोह गर्ने निर्णय

वीरगंज। कानु समाज नेपाल पर्साको बैठक शनिबार पोखरीयामा सम्पन्न भएको छ । समाजका पर्सा अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पनन बैठकले चैत्र ९ गते वीरगंजमा होली मिलन समारोह गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले कानु समाज पर्साको १४ वटै पालिकाहरुमा अधिवेशन गर्ने निर्णय गरेको छ । होली मिलन समारोहको समाजले आर्थिक व्यवस्थापन आफै गर्ने निर्णय समेत गरेको समाजका सल्लाहकार अकलेश कुमार साहले जानकारी दिए । “ बिगतको बर्षझै यसबर्ष पनि होली मिलन समारोहलाई निरन्ता दिने निर्णय गरेका छ।  र यसका लागि आर्थिक व्यवस्थापन पनि समाजले नै गर्ने निर्णय गरेका छौ” साहले भने । साथै कानु स्वजातियबाट संघिय कृषि मन्त्रीको रुपमा ज्वाला साह मन्त्री बनेकोमा समाजले खुशी व्यक्त गरेको छ । बैठकमा उपाध्यक्ष सोनालाल साह ,सचिव श्रवण साह, सह सचिव सुरेन्द्र साह, सदस्यहरु राजन साह, दयानन्द गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

Related posts

हिन्दू परिष्द नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम सुरु हिन्दू परिषद् नेपालद्धारा वीरगंजमा भव्य रुपमा राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम शुभारम्भ

hamronepaldainik

चिकित्सक संघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता

hamronepaldainik

न्याय माग्दा मग्दै प्रहरी ,अदालत को कर्मचारी अगाडी कुटपिट गरि हत्या गरियो,आरोपितलाइ बचाउन प्रहरी र सरकारि वकिल सकृय

hamronepaldainik
HamroNepalDainik