HamroNepalDainik.com
समाचारसमाजस्थानिय

कानु समाज नेपाल पर्साको बैठक सम्पन्न, चैत्र ९ गते होली मिलन समारोह गर्ने निर्णय

वीरगंज। कानु समाज नेपाल पर्साको बैठक शनिबार पोखरीयामा सम्पन्न भएको छ । समाजका पर्सा अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा सम्पनन बैठकले चैत्र ९ गते वीरगंजमा होली मिलन समारोह गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले कानु समाज पर्साको १४ वटै पालिकाहरुमा अधिवेशन गर्ने निर्णय गरेको छ । होली मिलन समारोहको समाजले आर्थिक व्यवस्थापन आफै गर्ने निर्णय समेत गरेको समाजका सल्लाहकार अकलेश कुमार साहले जानकारी दिए । “ बिगतको बर्षझै यसबर्ष पनि होली मिलन समारोहलाई निरन्ता दिने निर्णय गरेका छ।  र यसका लागि आर्थिक व्यवस्थापन पनि समाजले नै गर्ने निर्णय गरेका छौ” साहले भने । साथै कानु स्वजातियबाट संघिय कृषि मन्त्रीको रुपमा ज्वाला साह मन्त्री बनेकोमा समाजले खुशी व्यक्त गरेको छ । बैठकमा उपाध्यक्ष सोनालाल साह ,सचिव श्रवण साह, सह सचिव सुरेन्द्र साह, सदस्यहरु राजन साह, दयानन्द गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

Related posts

चिकित्सक संघ र सरकारबीच सहमति, आन्दोलन फिर्ता

hamronepaldainik

छठ पर्वको अवसरमा बर्वामा सांगितिक कार्यक्रम सम्पन्न

hamronepaldainik

वीरगन्जमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सम्बन्धी तयारी बैठक सम्पन्न

hamronepaldainik
HamroNepalDainik