HamroNepalDainik.com
शिक्षासमाचार

शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मुखियाका कारण सेवाग्रहीहरु पिडित

वीरगंज ।
शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त प्रमुख उमेश कुमार मुखियाका कारण सेवाग्रहीहरु पिडित बन्दै गएका छन् ।
इकाई पर्साका प्रमुखको सरुवा भए पछि केही महिना इकाई कार्यालय प्रमुख विहिन भए पछि गत माघ २९ गते निमित्तको जिम्मेवारी पाएका मुखियाले मन्त्रालय र विभागका केही अधिकृतलाई नजराना बुझाई निमित्तको जिम्मेवारी लिन सफल भएको समाचार स्रोतले जनाएको छ ।

शिक्षक सेवा आयोगको परिक्षा उर्तिर्ण गरेका नि.मा.वि. तहका उम्मेदवारहरु र अन्य जिल्लाहरुबाट शिक्षक, शिक्षिकाहरु सरुवा गराई पर्सामा आउनको लागि शिक्षा विकास तथा समन्वय इकाईबाट स्विकृति लिनु पर्ने प्रावधान रहेकोमा सोही स्विकृति लिन पुग्दा प्रमुख मुखिया कार्यालयमा नभेटिनु, भेटे पनि बदनियत राखेर स्विकृतिमा ढिलाई गर्ने गरेकोमा शिक्षक, शिक्षिकाहरुले आक्रोश पोखेका छन् ।

आयोगबाट नि.मा.वि.का सफल उम्मेदवारहरु विभिन्न प्रदेश, जिल्ला तथा स्थानिय तहबाट आएकाले पुनः घर फर्किन पनि गाह्रो रहेको हुँदा नियुक्ति पाउने आशमा वीरगंजको होटलमा करिब १५ दिन देखि बास बस्न बाध्य भएको जनाईएको छ ।
गत फागुन पहिलो हप्ता देखि नै एक शिक्षिकाले स्विकृति लिन जाँदा आज हुन्छ, भोली हुन्छ भन्दै हालसम्म स्विकृति नदिने गरेको गुनासो बढेको छ ।

शिक्षक सेवा आयोगबाट पास भएर अध्यापन अनुमपति पत्र लिन सेवाग्रही गिता पौडेल ढकालले दिनहुँ कार्यालय धाउंदा पनि हालसम्म उनलाई अध्यापन अनुमपति पत्र नपाएको गुनासो गरिन । धनुषा जिल्ला बटेश्वर गाउँपालिका निवासी मुखियाले सेवाग्रहीहरुलाई यो मिलेन, त्यो मिलेन भन्दै आलटाल गर्ने गरेको ढकालले गुनासो गरिन ।

निमित्त प्रमुखको जिम्मेवारी सम्हाले देखि इकाई कार्यालयलाई तहसनहस पार्नमा तल्लिन देखिएका मुखियाको कार्यशैलि प्रति नेपाल शिक्षक महासंघ जिल्ला समिति पर्साले आपत्ति जनाईसकेको छ । पर्सा जिल्लामा १८ वटा रिक्त दरबन्दी हुँदा हुँदै पनि शिक्षक शिक्षिकाहरुलाई विस्थापित गर्ने कार्यमा संलग्न रहेका मुखियालाई सेवाग्रहीहरुले असंक्षम र अनुभव विहिनको संज्ञा दिदै आएका छन् ।

यस सन्दर्भमा निमित्त प्रमुख मुखिया सँग बुझ्दा उनले नियमानुसारको काम गर्नमा कुनै समस्या नरहेको र गर्दै आएको पनि छु, नियमानुसार नमिलेकोलाई आफुले गर्न नसक्ने बताए । म यस कार्यालयमा नयाँ भएकोले मलाई कुनै पनि काम हतपति गर्न समस्या भईरहेको बताए ।

Related posts

डा.अंसारीको लापर्वाहीका कारण विरामीको अवस्था गम्भिर, थप उपचारका लागी काठमाडौं रेफर

hamronepaldainik

पर्साका स्थानिय तहहरुले भु-उपयाेग क्षेत्र वर्गिकरण नगर्दा कित्ता काटमा समस्या

hamronepaldainik

बिरगंज -१६ नगवामा एक युवकको शव फेला

hamronepaldainik
HamroNepalDainik