HamroNepalDainik.com
शिक्षासमाचार

वीरगञ्जलाई शैक्षिक हब बनाउन सबैले सहकार्य गरौँ : मेयर सिंह

वीरगञ्ज । वीरगञ्जको गौतम माद्यामिक विद्यालयले ४७ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बैभव वीरगञ्जका लागि शैक्षिक क्षेत्रको सुदृढीकरण अपरिहार्य रहेको बताए । वीरगञ्ज महानगरपालिकाले शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीको चौतर्फी विकासका क्षेत्रमा काम गरीरहेको प्रमुख सिंहको भनाई छ ।
साथै उच्च शिक्षाका लागि वीरगञ्ज भन्दा बाहिर जाने प्रवृतिलाई अन्त्य गर्दै वीरगञ्जमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नुपर्नेमा मेयर सिंहले जोड दिए । उनले भने, ‘हामीले सोच परिवर्तन गर्ने बेला भएको छ । उच्च शिक्षाका लागि वीरगञ्ज भन्दा बाहिर पठाउने गरिन्छ । यहाँकै शैक्षिक संस्थामा विश्वास नभएको हो र ?’
गौतम माविका विद्यार्थीहरुको प्रस्तुती हेर्दै उनले थपे, ‘जग नै यति बलियो छ भने घर पनि बलियो हुन्छ भन्ने विश्वास दिलाउन जरुरी छ । वीरगञ्जको शैक्षिक क्षेत्रको छुट्टै इतिहास छ, अब त्यही इतिहास फेरी फर्काउने बेला भएको छ । यसका लागि सबै शिक्षाकर्मी एवम् सरोकारवालाले हातेमालो गर्न आवश्यक छ ।’
कार्यक्रममा उपस्थित अतिथीहरुलाई शब्दमार्फत स्वागत गर्दै गौतम माविकी सहायक प्रधानाध्यापिका परीक्षा लामाले ४७ वर्षमा प्रवेश गर्दाको समयमा थुप्रै उतारचढावको सामना गरेको बताइन् । २०३१ सालमा ४ जना विद्यार्थीबाट गौतम मावि सुरु भएको जानकारी गराउँदै उनले भनिन्, ‘अहिले सबै अभिभावकको रोजाईमा हामी पर्ने गर्छाै । यसका साथै हरेक वर्ष एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउने गर्दछौँ । यो हाम्रो ठूलो उपलब्धी हो ।’
कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मका १२ सय विद्यार्थीले विभिन्न क्रियाकलापमा सहभागिता जनाएको पनि उनले जानकारी गराइन् । साथै एक साताको छोटो समयमा तयारी गरेर विद्यार्थीहरुले विभिन्न सचेतनामुलक एवम् मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सौराज प्रधान र शिक्षिका श्वेता क्षेत्री गरेका थिए ।

Related posts

को–अपरेटिभ म्यानेजर्स क्लब, पर्साको कार्यक्रममा २२ महिला सहित १०१ जनाले गरे रक्तदान

hamronepaldainik

जगरनाथपुरकाे ११ औं गाउँ सभा सम्पन्न, ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

hamronepaldainik

वैदेशिक रोजगारको ठगी मुद्दा जिल्लामै मिलाउन कार्यविधि

hamronepaldainik
HamroNepalDainik