HamroNepalDainik.com
प्रदेशसमाचार

कपिलवस्तुमा बस दुर्घटना हुदा : १० जना को मृत्यु, ३० भन्दा बढी घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्।

मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको हो।

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। थाहाखबर

Related posts

वीरगञ्ज : शुक्रबारदेखि नाका खुलेपनि भारतीय चारपांग्रे सवारी नेपालभित्र प्रवेश गर्नमा रोक

hamronepaldainik

थप २२० जनामा कोरोना संक्रमण, २६३ जना निको

hamronepaldainik

ओलीलाई जनकपुर विमानस्थलमा कालोझण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता पक्राउ

hamronepaldainik
HamroNepalDainik